{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592398546933","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592398546910","source":"other","origin":"gallery"}
मेची अञ्चल अस्पताल भद्रपुरको आईसियु कक्ष शील गरिएको छ भने २५ जना भन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्ने बसेका छन् । अस्पतालमा शनिवार भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आईसियु कक्ष शील गर्दै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका हुन् ।
मेची अस्पतालका २ जना फिजिशियन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्स रेका कर्मचारीसहित २५ जना भन्दा बढी क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आएको मेकिल सुपरिटेण्डेट डा पिताम्बर ठाकुरले बताउनु भयो । अस्पतालले तयार गरेको क्वारेन्टाइन र स्वास्थ्यकर्मीको क्वाटरलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गरिने डा ठाकुरले जानकारी दिनु भयो ।
भद्रपुर वडा नम्बर ८ का ती व्यक्ति भारतबाट जेठ २९ गते फर्किएका हुन् । उनी मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । उनको छातिमा समस्या भएपछि शनिवार मेची अञ्चल अस्पताल आएका ती युवालाई ईमरजेन्सीबाट आईसियुमा राखिएको थियो । सोमबार संक्रमणको पुष्टि भएपछि उनको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विपत्रान प्रतिष्ठान धरान लगिएको अस्पतालले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…