आजै राती १ बजे म्यानचेस्टर सिटी र आर्सेनलको खेल ।

आज देखी खाली स्टेडियममा इंग्लिश प्रिमियर लिग शुरु हुँदैछ । आजको पहिलो खेल नेपाली समय अनुसार राती १०:४५ बजे एस्टन भिल्ला र शेफिल्ड युनाइटेड बीच हुनेछ । त्यसैगरी म्यानचेस्टर सिटीले आर्सेनलको सामना राती १ बजे गर्नेछ।

कोरोना भाइरसले लिग रोकिनु अगाडी लिगको अन्तिम खेल मार्च ९ मा एस्टन भिल्ला र लेस्टर सिटी बीच भएको थियो जसमा लेस्टरले खेल ४-० ले जितेको थियो ।

बुन्डेस लिगा र ला लिगा पछि प्रिमियर लिगका खेलहरु युरोपको तेस्रो ठूलो फुटबल लिग हुनेछ। सबै खेलहरू एक दर्शकविना खेलाइनेछ।

स्टेडियममा खेलाडीहरू सहित जम्मा ३०० जना मात्र हुनेछन । लिगमा तीन चरण बाँकी छन जसका ९२ खेलहरू छ हप्तामा खेलाईनेछ ।

स्टेडियममा खेलाडीहरू र कोचिंग स्टाफहरूको लागि मास्क अनिवार्य छैन भने म्याचमा कुनै बल बोयहरु पनि हुनेछैनन्।

कोरोनाबाट जीवन गुमाएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न हरेक खेल अगाडी १ मिनटको मौन धारण गरिनेछ । त्यसैगरी गोल को उत्सव मनाउन पनि सामाजिक दूरीको ध्यान राख्नुपर्ने भएको छ ।

स्टेडियमलाई रेड,एम्बर र ग्रीन गरी तीन डिभिजनमा छुट्याइनेछ । खेलका क्रममा खेलाडीले मेदानमा थुक्न पाउने छैन । यस्तै हात मिलाइने छैन । ड्रेसिङ रुम वार्म अफ पोष्ट क्याच मैदानमा प्रवेश गर्दा सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

खेलअघि र पछि सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । खेलाडीले आफ्ने वाटरबोटल प्रयोग गर्नुपर्नेछ । यदि मैदानमा खेलका क्रममा खेलाडीलाई ट्रिटमेन्ट गर्नुपर्ने मैदान प्रवेश गर्ने व्यक्तिले पीपीई लगाउनुपर्नेछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago