पाल्पा । कोभिड – १९ को संक्रमण बाट नेपालमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुने सिन्धुपाल्चोक भाइमाडी बस्ने २९ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
“वैशाख २३ गते त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ । यस सम्बन्धमा थप विस्तृत विवरण लिईएको र कोभिड – १९ संग सम्बन्धित थप परिक्षण पश्चात् नेपालमा कोभिड – १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ।” मन्त्रालयले द्वारा जारी गरेको प्रेस नोटमा उल्लेख रहेको छ ।
पछिल्लो अध्यावधिक विवरण अनुसार नेपालमा २८१ जनामा कोभिड – १९ संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…