कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त वडाको सक्रियता ।

थम्मन थापा , बागलुङ ।  विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामको निमित्त गलकोट नगरपालिका ३ मा पहल थालिएको छ ।

वडामा सर्वदलीय सर्वपक्षीय बैठक बसी कोरोना विपत व्यवस्थापन समिति, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन समिति चयन गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिनुभयो । वडा नं ३ हटिया गलकोट नगरको बढी मानिसको ओहोरदोहोर हुने र बजारमा हुने आवत जावतले गर्दा कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गरी यस तर्फ सचेत हुन वडाले विभिन्न प्रयास थालनी गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । पछिल्लो समय गलकोट क्षेत्र पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै आज वडामा वडा अध्यक्ष वीरगंज भण्डारीको संयोजकत्वमा १५ सदस्यीय कोरोना विपत व्यवस्थापन समिति चयन गरिएको छ । समितीको सदस्यमा वीरेन्द्र श्रेष्ठ, दिलु सुवेदी, अनुप केसी, नन्दराज शर्मा, खिम साहनी, पदम श्रेष्ठ, लक्ष्मी खड्का, राम बहादुर खत्री, कौशिला घर्ती मगर, डिल कुमारी खत्री, लाल बहादुर भण्डारी (सेरा), कृष्ण सुवेदी, मुकुन्द सिंह भण्डारी र कृष्ण प्रसाद गौतम रहनुभएको छ । त्यस्तै देवेन्द्र खत्री संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा राम खत्री, मञ्जु चालिसे, चित्र साहनी, फम बहादुर खत्री, टंक चालिसे र लबिन परियार रहनु भएको छ । वडामा बाहिर बाट नयाँ व्यक्तिको आगमन भएमा वडा भित्र क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गर्न वडा सदस्य झहर बहादुर खत्रीको संयोजकत्वमा ५ सदस्यीय क्वारेन्टाइन व्यवस्थापन समिति चयन गरिएको छ । समितीको सदस्यमा बेल बहादुर बोहोरा, रत्न कला अधिकारी, तुलसी परियार र शुष्मा श्रेष्ठ रहनु भएको छ । क्वारेन्टाइन स्थल गलकोट बहुमुखी क्याम्पसमा आजै तयार गरिने वडा सचिव आनन्द प्रसाद शर्माले जानकारी दिनुभयो । सो अवसरमा बर्खायाम सुरु भए सँगै डेङ्गुको प्रकोप छिमेकी जिल्लाहरूमा देखिन थालेकोले गलकोट नगरपालिका पनि त्यसको जोखिममा रहेको हुँदा त्यसबाट बच्न नगरपालिका स्तरीय फिभर क्लिनिक स्थापना गर्न नगरपालिकामा माग गर्ने निर्णय गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago