कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त वडाको सक्रियता ।

थम्मन थापा , बागलुङ ।  विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामको निमित्त गलकोट नगरपालिका ३ मा पहल थालिएको छ ।

वडामा सर्वदलीय सर्वपक्षीय बैठक बसी कोरोना विपत व्यवस्थापन समिति, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन समिति चयन गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिनुभयो । वडा नं ३ हटिया गलकोट नगरको बढी मानिसको ओहोरदोहोर हुने र बजारमा हुने आवत जावतले गर्दा कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गरी यस तर्फ सचेत हुन वडाले विभिन्न प्रयास थालनी गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । पछिल्लो समय गलकोट क्षेत्र पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै आज वडामा वडा अध्यक्ष वीरगंज भण्डारीको संयोजकत्वमा १५ सदस्यीय कोरोना विपत व्यवस्थापन समिति चयन गरिएको छ । समितीको सदस्यमा वीरेन्द्र श्रेष्ठ, दिलु सुवेदी, अनुप केसी, नन्दराज शर्मा, खिम साहनी, पदम श्रेष्ठ, लक्ष्मी खड्का, राम बहादुर खत्री, कौशिला घर्ती मगर, डिल कुमारी खत्री, लाल बहादुर भण्डारी (सेरा), कृष्ण सुवेदी, मुकुन्द सिंह भण्डारी र कृष्ण प्रसाद गौतम रहनुभएको छ । त्यस्तै देवेन्द्र खत्री संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा राम खत्री, मञ्जु चालिसे, चित्र साहनी, फम बहादुर खत्री, टंक चालिसे र लबिन परियार रहनु भएको छ । वडामा बाहिर बाट नयाँ व्यक्तिको आगमन भएमा वडा भित्र क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गर्न वडा सदस्य झहर बहादुर खत्रीको संयोजकत्वमा ५ सदस्यीय क्वारेन्टाइन व्यवस्थापन समिति चयन गरिएको छ । समितीको सदस्यमा बेल बहादुर बोहोरा, रत्न कला अधिकारी, तुलसी परियार र शुष्मा श्रेष्ठ रहनु भएको छ । क्वारेन्टाइन स्थल गलकोट बहुमुखी क्याम्पसमा आजै तयार गरिने वडा सचिव आनन्द प्रसाद शर्माले जानकारी दिनुभयो । सो अवसरमा बर्खायाम सुरु भए सँगै डेङ्गुको प्रकोप छिमेकी जिल्लाहरूमा देखिन थालेकोले गलकोट नगरपालिका पनि त्यसको जोखिममा रहेको हुँदा त्यसबाट बच्न नगरपालिका स्तरीय फिभर क्लिनिक स्थापना गर्न नगरपालिकामा माग गर्ने निर्णय गरिएको छ ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago