Categories: समाज

पाल्पा प्रभासमा ओम शान्तिको भवन सिलान्यास

सन्तोष गहतराज , पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं ७ को प्रभासमा ओ्म शान्ती भवनको सिलान्यनस तथा आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले भवनको सिलान्यास गर्दै सनातन सस्कृति र सनातन जिवन व्यवस्थापन जीवनको शैलीको रुपमा अंगिकार गर्न सके शान्तीको मार्गमा अगाडी बढन तथा प्रगतिको मार्गमा लाग्न सकिने बताउनु भयो । विश्वव्यापी रुपमा भाइचार स्थापित हुने दिशमा लाग्न ब्रहमाकुमारी विश्वविधालयले विश्वव्यापी रुपमा करिब १ सय ४० दे्शहरुमा सन्देशहरु फैलाएको र अब पाल्पाको तानसेन नगरपालिकामा सस्थागत भएकोमा आफनो व्यक्तिगत तथा नगरपालिकाबाट गर्न पर्ने सहयोग गर्ने पनि बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि तानसेन वडा नम्बर १० का वडा अध्यक्ष लोचन प्रसाद तिमिल्सेनाले ब्रहमकुमारी विश्वविधालयको शाखा प्रभासमा स्थापना हुन लागेकोमा खुशी व्यक्त गदै प्रभास क्षेत्र आफैमा प्राकृतिक तथा धार्मिक हिसाबले महोत्वपुर्ण क्षेत्र रहेको अब ओम शान्तीको् भवन सहित सस्थागत भए पछि अझ धार्मिक पर्यटकिय सुन्दरतामा सौन्र्दता थपीने बताउनु भयो । वहाले तानसेन नगरपालिका भित्र ब्रहमकुमारीको शाखा सस्थागत हुनु भनेको गैरबको कुरा रहेकोले आफनो व्यक्तिगत तथा वडा कार्यालयबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबदता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा विश्व हिन्दु माहासंघ विश्वराज पौडेल,ब्रहम कुमारी विश्वविधालय पश्चिम नेपालका सह निर्देशीका कमला,ब्रहमकुमार प्रकाश पौडेल लगाएतले ओम शान्ती धार्मिक महोत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमा विभिन्न शाखाका सञ्चालिकाहरु तथा समाजसेवी प्रदिप खनाल लगाएतको उपस्थिी रहेको थियो । विश्वमा शाखाहरु फैलिने क्रममा पाल्पामा पनि ओम शान्तीमा मानिसहरुको सख्यामा वृदि भइरहेकोले पालपामा करिब ३ करोड लगानीमा भवनको सिल्यानास गरिएको हो । स्वागत मन्तब्य राख्दै भवनमा लाइबेरी,ध्यान केन्द्र,पुस्ताकालय लगाएतका संरचना रहने ब्रम्हकुमारी ताराले बताउनु भयो । कार्यक्रम ब्रहकुमारी विश्व विधायलय पाल्पा क्षेत्रका सञ्चालक प्रमा र ब्रहम कुमारी सरस्वतीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago