बनेपा। नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन र पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाईपरामर्श कार्यक्रम थालिएको छ । दिगो विकासका अवधारणालाई युवामार्फत स्थानीयकरण गर्ने उद्देश्यले युवा परामर्शका कार्यक्रमथालनी गरेको परिषद्ले जनाएको छ ।
नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामासम्पन्न कार्यक्रममा अभियानको शुरुआत् ११ नंम्बर वडाबाट भएको बताउँनुभयो । नगरप्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाकोरोजगारीलाई सहुलियतपूर्ण कर्जा प्रर्वाह सहज बनाउने र युवाको क्षमता विकास गर्दै नगरलाई युवामैत्री नगर बनाउने प्रतिबद्धता व्यक्तगर्नुभयो । उहाँले युवालाई पारदर्शी र सुुशासनको पहरेदार बन्न आग्रह गर्दै युवाको संलग्नतामा मात्रै समृद्ध नगरको सपना सम्भव हुनेबताउनुभयो । नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष खनालले परिषद्मार्फत युवालाई परामर्श तथा सशक्तिकरणका साथैउद्यमशीलतामा लाग्न सीपमूलक, आयमूलक तालीम सञ्चालन गर्ने, सहुलियतपूर्ण कर्जा प्रवाह र वित्तीय साक्षरतालाई बस्तीबस्तीकायुवा माझ पु¥याउने अभियानको शुरु भएको बताउनुभयो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले युवालाई सत्मार्गमा लाग्न प्रेरित गर्दै विकासमा पछाडी परेका गाउँ र बस्तीबाटयुवाका गतिविधिको शुरु हुनु आफैमा नयाँ काम भएको बताउनुभयो । सो क्रममा उहाँले युवाहरुलाई स्थानीय स्रोत र साधनकोसम्भाव्यता समेत मध्यनजर गर्दै उद्यमशीलतामा लाग्ने युवाका लागि नगरले विशेष प्राथमिकतासाथ कार्यक्रम सञ्चालन गरिनेबताउनुभयो । कार्यक्रममा सहभागी युवाले सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन तथा युवाको आवश्यकताको आधारमा विभिन्नसीपमूलक तथा आयमूलक तालीमका साथै अनुदानका लागि नगरपालिका तथा नगर युवा परिषद्लाई आग्रह गरेका छन् ।
यसअघि मङ्सिर २४ गते जिल्लाको नमोबुद्ध नगपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले युवा लक्षित सहुलियतपूर्ण कर्जा प्रवाहगर्ने विषयमा प्रतिबद्धता जनाएको थियो । नमोबुद्ध नगर युवा परिषदको आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाकाशाखा प्रमुखसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखले कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाप्रवाहलाई थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…