पाल्पा ।करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।
कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको हो । बिहीबार कार्यालयले एक सूचना जारी गरी एक कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राही नागरिकको स्वास्थ्य जोखिमलाई मध्येनजर गर्दै अनलाईन र मेलबाट हुन सक्ने काम तथा अत्यावश्यक काम गर्ने गरी अन्य सेवा स्थगित गरिएको जनाएको छ । कार्यालयबाट प्रदान गरिने सेवा बन्द भए पनि अनलाईनबाट गरिने सम्पूर्ण सेवा भने सुचारु रहेको जनाइएको छ । बिहीबारदेखि कार्यालय बन्द भएपछि कर संकलन कार्य समेत प्रभावित भएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…