पाल्पा ।करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।
कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको हो । बिहीबार कार्यालयले एक सूचना जारी गरी एक कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राही नागरिकको स्वास्थ्य जोखिमलाई मध्येनजर गर्दै अनलाईन र मेलबाट हुन सक्ने काम तथा अत्यावश्यक काम गर्ने गरी अन्य सेवा स्थगित गरिएको जनाएको छ । कार्यालयबाट प्रदान गरिने सेवा बन्द भए पनि अनलाईनबाट गरिने सम्पूर्ण सेवा भने सुचारु रहेको जनाइएको छ । बिहीबारदेखि कार्यालय बन्द भएपछि कर संकलन कार्य समेत प्रभावित भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…