काठमाडौँ, ३० असोज । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर पड्कििएर घाइते भएका परिवारको घरमा पुग्नुभएको छ ।
सो क्षेत्रको क्षतिग्रस्तको आज अनुगमनसमेत गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले कोभिड १९ सकिएलगतै सरकारले जनताका अपेक्षानुसार काम गर्ने बताउनुभयो । सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधिमैत्री बनाउन आफुहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफूको विशेष ध्यान केन्द्रीत भएको बताउनुभयो । खाना पकाउने ग्यास लगायतका प्रज्ज्वलनशील पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढिरहेको बताउँदै उहाँले सावधानी अपनाउन आग्रह गर्नुभयो । शुक्रबार ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने स्थानीय घर तथा पर्खालमा क्षति पुगेको थियो । (((
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…