फोटो फाईल
विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँचऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको कर्णाटक राज्यसरकारले नेपालस्थितभारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङगुम्बा निर्माण हुन लागेका हुन् ।
सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा.ल्हार्क्याल लामा, वग्मती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनःनिर्माणकाहुन लागेको हो । विगत पाँच वर्षदेखी पहल हुँदै आएकामा बल्ल ती धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफूलाई खुशी लागेकोसांसद तामाङले बताउनुभयो ।
पूर्व अर्थ राज्यमन्त्री लामाले ठूलो आर्थिक सहयोगगर्ने भारत सरकारप्रति आभार प्रकट गर्नुभयो । ऐतिहासिक गुम्बाहरूको पुनःनिर्माण हुने खबरले आफूहरु हर्षित भएको मेलम्चीघ्याङबासी र सुलिकोट घ्याङबासीले बताए यसैगरी नवलपुर गुम्बा र लिस्ती गुम्बा निर्माणका लागि पनि छिटै बेलपत्र आह्वान गरिनेसांसद तामाङले जानकारी दिनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…