फोटो फाईल
कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौलीसडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भागभासिनुका साथै कालोपत्रे उप्किएको छ ।
सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीकोमेलौली जोड्ने गरी निर्माण भएको छ । सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यससडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन् ।
आर्थिक वर्ष २०७४ र ७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले रु १२ करोड बजेटविनियोजन गरेको थियो । अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ समैजीको बयलडाँगासम्म कालोपत्रे भएकोसडकमा करिब डेढ दर्जन पर्खाल छन् । सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भासिनुका साथै सडक छेउ छोडी भत्किएका थिए। त्यस बखत पर्खाल पुनः लगाईएका थिए । त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस कन्ट्रक्सनकार्वाहीमा परेको थियो । सोही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड र पोखरा–बेलापुर सडक कालोपत्रेगरी रहेको छ ।
सबै ठाँउमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिईने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएसकन्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओभरसेयर जीतबहादुर तामाङले बताउनुभयो । यस्तै डडेल्धुरा अस्पतालको भवननिमार्णसमेत ठेक्का पाएको केएस कन्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुङ्गा ल्याइएको र डडेल्धुरा अस्पताल निर्माणगरिरहेको स्थानीयको भानाइ छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…