चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको सरकारले प्रवद्र्धन गर्नेकार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाकोनिकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क

गएको आर्थिक वर्ष २०७६/७७ को (साउनभदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव(साउनभदौ) मा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलेजनाएको केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६/७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यसआवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको चियाको निकासी आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमाचिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ

कोरोना मौषमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमलमैनाली बताउनुहुन्छ उहाँ भन्नुहुन्छ, “भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको त्यसैले चियाको निकासी नेपालमा बढेको हो मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो निकासी बढे पनि नेपालमाचियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आवनिकासी हुँदा तथ्याङ्क बढेको हुनसक्ने अनुमान  गरिएको

चियाको निकासी सधैँ अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको जुनअन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरकोतथ्याङ्कमा फरक नपर्ने बताउनुहुन्छ, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रकोतथ्याङ्कअनुसार आव २०७४÷७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५÷७६ मा एककरोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चियानिकासी कम भएको देखिन्छ

घट्यो अलैँची, अदुवामा सामान्य सुधार

आर्थिक वर्षको शुरुमा अलैँचीको निकासी गएको वर्षको तुलनामा घटेको भने अदुवाको तथ्याङ्क भने सामान्य बढेको गत आव२०७६/७७ (साउनभदौ) मा रु ११ करोड ८३ लाख ५० हजार मूल्यको अदुवा निकासी भएकामा यस आव (साउनभदौ) मा रु १३ करोड८४ लाख ७२ हजारको अदुवा निकासी भएको

केन्द्रको तथ्याङ्कअनुसार गत आव (साउनभदौ) मा २२ लाख ५९ हजार ४३१ किलो अदुवा निकासी भएकामा यस आव (साउनभदौ) मा २८ लाख ७९ हजार १०० किलो निकासी भएको अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कूल निकासीकोशून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको

यता अलैँचीको तथ्याङ्कमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ गएको आव २०७६/७७ (साउनभदौ) मा रु एक अर्ब दुई करोड ५९ लाख ८९ हजारको अलैँची निकासी भएको भने यस आव २०७७/७८ मा रु ९६ करोड सात लाख १६हजार मूल्यको निकासी भएको देखिन्छ गत आर्थिक वर्ष २०७६/७७ (साउनभदौ)मा १२ लाख ७५ हजार २९४ किलो अलैँची नेपालमानिर्यात भएकामा यस आव २०७७/७८ (साउनभदौ) मा १२ लाख ८४५ किलो अलैँची निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँछ

विभिन्न समस्याले अलैँचीको भाउमा गिरावट आएकाले पनि परिमाण आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ कोरोनाकाकारण किसान व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैँची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैँची व्यवसायीमहासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ गत वर्षको अलैँची निकासी नभएको यस वर्षको अलैँची उत्पादनभइसकेकाले पनि अलैँची सुधार नभएको अध्यक्ष कार्की बताउनुहुन्छ

यस्तै वर्षेनी अलैँचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृकाघिमिरेको भनाइ पाँच वर्षअघि अलैँचीको मूल्य रु एक लाखप्रति मन (४० किलो) भएकामा अहिले प्रतिमन रु २० देखि ३० हजारकोअनुपात यसरी अलैँचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ यस आर्थिक वर्षमा कृषिजन्य पदार्थलेकूल ३२ दशमलव प्रतिशत ओगटेको केन्द्रको तथ्याङ्कमा उल्लेख

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago