आइफोन-१२ प्रो र प्रो म्याक्समा के फरक छ र के छन् फिचर?

आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा आइफोन १२ का मोडलहरू मंगलबार भएको भर्चुअल कार्यक्रममा एप्पलले सार्वजनिक गरेको छ।

५ जी नेटवर्कको सुविधा आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा मोडल आइफोनका अहिलेसम्मकै ठूला उपकरणमध्ये मानिएको छ।

आइफोन-१२ प्रो म्याक्स

 

 

 

 

 

यी सबै मोडलमा ५ जी नेटवर्कको सुविधा छ जुन आइफोनमा पहिलो पटक आएको हो। यसमध्ये आइफोन-१२ मिनी हाल बजारमा सस्तो प्रिमियम ५ जी फोन बन्न सफल भएको सञ्चारमाध्यमहरूले लेखेका छन्।

यहाँ हामीले आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको कुरा गरेका छौं।

यी दुई स्मार्टफोन स्टेनलेस स्टिल ब्यान्डले बनेको छ र चार भिन्न रङमा उपलब्ध छ– निलो, खैरो, सिल्भर र पहेँलो।

आइफोन-१२ प्रो मा ६.१ इन्च डिस्प्ले छ। यसको पछाडि तीन वटा क्यामरा छन्। यसमा जसमा लिडार, एआर र लो–लाइट अटोफोकसको फिचर समावेश गरिएको छ। यसबाट प्रयोगकर्ताले कुनै पनि वस्तु क्यामराबाट नै स्क्यान गर्न सक्छन् र फोटोहरू स्पष्ट आउँछ।

१.६ अपर्चरको साथ सात एलिमेन्ट लेन्स वाइड क्यामरा रहेको यो मोडलले फोटो र भिडिओमा आउने कम उज्यालोको समस्या सुधारेको छ।

क्यामरामा नाइट मोड र अल्ट्रावाइड जस्ता नयाँ फिचर थपिएको छ। यसले अँध्यारोमा पनि फ्ल्यास बिनै उज्यालो फोटो खिच्न सकिन्छ।

क्यामरामा रहेको नयाँ टेलिफोटो लेन्सले फोटो चार गुना बढी नजिक जुम गरेर खिच्न सकिन्छ।

यो फोन यी १२८ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजका साथ आउनेछ।

यसमा रहेको ५जी नेटवर्क सुविधामार्फत प्रयोगकर्ताले भिडिओहरू छिटो डाउनलोड र अपलोड गर्न सक्नेछन्। उच्च गुणस्तरको भिडिओ हेर्न सक्ने, गेम खेल्न अझ सहज हुने, हाइ डेफिनेसन फेसटाइम जस्ता सुधार पनि यसमा समेटिएको छ।

यो आइफोन ‘सेरामिक शिल्ड’ प्रविधिको ग्लास प्रयोग गरेर बनाइएको हो। त्यसैले यो अन्य स्मार्टफोन भन्दा चार गुणा बलियो हुने कम्पनीको दावी छ।

आइफोन-१२ प्रोको अर्को विशेषता भनेको यो वाटरप्रुफ छ। ६ मिटर गहिरो पानीमा करिब ३० मिनेटसम्म डुब्दा पनि फोन नबिग्रिने कम्पनीले उल्लेख गरेको छ। कफी, सोडा वा अरू पेय पदार्थ पोखिए पनि फोनमा कुनै असर नपर्ने कम्पनीको भनाइ छ।

यो मोडलमा स्मार्ट डाटा मोड फिचर पनि छ जसले मोबाइल डाटाको उपयोग, गति र समय सन्तुलन गरेर ब्याट्रीको पावर चाँडै घट्न दिँदैन।

आइफोन १२ प्रोका मोडलमा प्रयोग हुने चार्जरका लागि एप्पलले विशेष ध्यान दिएको छ। चाँडो र सुरक्षित चार्जिङको लागि आइफोनमा पहिलो पटक ‘म्यागसेफ’ प्रविधि प्रयोग भएको छ। आइफोन र एप्पल घडीको लागि म्यागसेफ चार्जर र म्यागसेफ डुओ चार्जर समावेश गरिएको छ।

यी सबै फिचरका बावजुद आइफोन-१२ प्रो वातावरणलाई समेत ध्यानमा राखेर बनाइएको कम्पनीको भनाइ छ। मोडलका नयाँ क्यामरा र म्यागसेफमा प्रयोग भएका चुम्ब पृथ्वीका दुर्लभ तत्वलाई रिसाइकल गरेर बनाइएको  हो।

आइफोन १२-प्रो म्याक्स

आइफोन १२-प्रो म्याक्स ६.७ इन्च डिस्प्लेको साथ आउने छ। यो हालसम्मकै ठूलो आइफोन हो। यो मोडलले सबैभन्दा उच्च रिजोलुसन दिने बताइएको छ।

यसमा पनि तीन वटा क्यामरा छन् जसका फिचर आइफोन १२ प्रोकै जस्ता छन्।

यसमा रहेको टेलिफोटो लेन्सले भने फोटो पाँच गुना नजिक जुम गर्न सकिन्छ। यसले फोटो अझ राम्रो र स्पष्ट देखिनेछ। यो पनि १२८ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजका साथ आउनेछ।

मूल्य

आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स महँगा फोन हुन्। आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको मूल्य क्रमशः ९ सय ९९ अमेरिकी डलर तथा १ हजार ९९ डलरबाट सुरू हुनेछ। यसको मूल्य नेपाली बजारमा आउँदा केही बढी हुनेछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago