आइफोन-१२ प्रो र प्रो म्याक्समा के फरक छ र के छन् फिचर?

आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा आइफोन १२ का मोडलहरू मंगलबार भएको भर्चुअल कार्यक्रममा एप्पलले सार्वजनिक गरेको छ।

५ जी नेटवर्कको सुविधा आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा मोडल आइफोनका अहिलेसम्मकै ठूला उपकरणमध्ये मानिएको छ।

आइफोन-१२ प्रो म्याक्स

 

 

 

 

 

यी सबै मोडलमा ५ जी नेटवर्कको सुविधा छ जुन आइफोनमा पहिलो पटक आएको हो। यसमध्ये आइफोन-१२ मिनी हाल बजारमा सस्तो प्रिमियम ५ जी फोन बन्न सफल भएको सञ्चारमाध्यमहरूले लेखेका छन्।

यहाँ हामीले आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको कुरा गरेका छौं।

यी दुई स्मार्टफोन स्टेनलेस स्टिल ब्यान्डले बनेको छ र चार भिन्न रङमा उपलब्ध छ– निलो, खैरो, सिल्भर र पहेँलो।

आइफोन-१२ प्रो मा ६.१ इन्च डिस्प्ले छ। यसको पछाडि तीन वटा क्यामरा छन्। यसमा जसमा लिडार, एआर र लो–लाइट अटोफोकसको फिचर समावेश गरिएको छ। यसबाट प्रयोगकर्ताले कुनै पनि वस्तु क्यामराबाट नै स्क्यान गर्न सक्छन् र फोटोहरू स्पष्ट आउँछ।

१.६ अपर्चरको साथ सात एलिमेन्ट लेन्स वाइड क्यामरा रहेको यो मोडलले फोटो र भिडिओमा आउने कम उज्यालोको समस्या सुधारेको छ।

क्यामरामा नाइट मोड र अल्ट्रावाइड जस्ता नयाँ फिचर थपिएको छ। यसले अँध्यारोमा पनि फ्ल्यास बिनै उज्यालो फोटो खिच्न सकिन्छ।

क्यामरामा रहेको नयाँ टेलिफोटो लेन्सले फोटो चार गुना बढी नजिक जुम गरेर खिच्न सकिन्छ।

यो फोन यी १२८ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजका साथ आउनेछ।

यसमा रहेको ५जी नेटवर्क सुविधामार्फत प्रयोगकर्ताले भिडिओहरू छिटो डाउनलोड र अपलोड गर्न सक्नेछन्। उच्च गुणस्तरको भिडिओ हेर्न सक्ने, गेम खेल्न अझ सहज हुने, हाइ डेफिनेसन फेसटाइम जस्ता सुधार पनि यसमा समेटिएको छ।

यो आइफोन ‘सेरामिक शिल्ड’ प्रविधिको ग्लास प्रयोग गरेर बनाइएको हो। त्यसैले यो अन्य स्मार्टफोन भन्दा चार गुणा बलियो हुने कम्पनीको दावी छ।

आइफोन-१२ प्रोको अर्को विशेषता भनेको यो वाटरप्रुफ छ। ६ मिटर गहिरो पानीमा करिब ३० मिनेटसम्म डुब्दा पनि फोन नबिग्रिने कम्पनीले उल्लेख गरेको छ। कफी, सोडा वा अरू पेय पदार्थ पोखिए पनि फोनमा कुनै असर नपर्ने कम्पनीको भनाइ छ।

यो मोडलमा स्मार्ट डाटा मोड फिचर पनि छ जसले मोबाइल डाटाको उपयोग, गति र समय सन्तुलन गरेर ब्याट्रीको पावर चाँडै घट्न दिँदैन।

आइफोन १२ प्रोका मोडलमा प्रयोग हुने चार्जरका लागि एप्पलले विशेष ध्यान दिएको छ। चाँडो र सुरक्षित चार्जिङको लागि आइफोनमा पहिलो पटक ‘म्यागसेफ’ प्रविधि प्रयोग भएको छ। आइफोन र एप्पल घडीको लागि म्यागसेफ चार्जर र म्यागसेफ डुओ चार्जर समावेश गरिएको छ।

यी सबै फिचरका बावजुद आइफोन-१२ प्रो वातावरणलाई समेत ध्यानमा राखेर बनाइएको कम्पनीको भनाइ छ। मोडलका नयाँ क्यामरा र म्यागसेफमा प्रयोग भएका चुम्ब पृथ्वीका दुर्लभ तत्वलाई रिसाइकल गरेर बनाइएको  हो।

आइफोन १२-प्रो म्याक्स

आइफोन १२-प्रो म्याक्स ६.७ इन्च डिस्प्लेको साथ आउने छ। यो हालसम्मकै ठूलो आइफोन हो। यो मोडलले सबैभन्दा उच्च रिजोलुसन दिने बताइएको छ।

यसमा पनि तीन वटा क्यामरा छन् जसका फिचर आइफोन १२ प्रोकै जस्ता छन्।

यसमा रहेको टेलिफोटो लेन्सले भने फोटो पाँच गुना नजिक जुम गर्न सकिन्छ। यसले फोटो अझ राम्रो र स्पष्ट देखिनेछ। यो पनि १२८ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजका साथ आउनेछ।

मूल्य

आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स महँगा फोन हुन्। आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको मूल्य क्रमशः ९ सय ९९ अमेरिकी डलर तथा १ हजार ९९ डलरबाट सुरू हुनेछ। यसको मूल्य नेपाली बजारमा आउँदा केही बढी हुनेछ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago