गलकोट समाज जापान क्षेत्रिय समिति टोकियोको ५ औं अधिवेशन सम्पन्न , अध्यक्षमा खत्री चयन ।

थम्मन थापा बागलुङ भदौ ३१ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेश कुमार खत्री चयन भएका छन् । क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगमी २ वर्षे कार्य अवधिको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो ।

जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशन मार्फत नयाँ कार्यसमित चयन गरिएको गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले जानकारी दिए । कार्य समितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री, हिमाल कंडेल र दुर्गा थापा, सचिवमा दिनेश थापा, लेखा समिति संयोजकमा कृष्ण गौतम, उप संयोजकमा सन्तोष पुन र दिपक सुवेदी चयन भएका छन् । समितिको कोषाध्यक्षमा इश्वर बस्नेत, सह–सचिवमा रविन के.सी, बसन खत्री, सह कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकास के.सी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा दण्ड के.सी, राजन कंडेल, दिपक सुवेदी, डम्मर खत्री, थम क्षत्री, धन बहादुर खत्री, मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्र सिंह बस्नेत रहेका छन् । गलकोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्रीको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु, सक्रिय सदस्यहरू लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा समाजका केन्द्रिय संस्थापक अध्यक्ष कृष्ण गौचनको विशिष्ट आतिथ्यता रहेको थियो । सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन सचिव दुर्गा खत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजु बस्नेतले प्रस्तुत गरेका थिए । कार्यक्रममा सदस्य दिनेश थापाले धन्यवाद मन्तव्य राख्नु भएको थियो । टोकियोको सोलमारी मुरा हलमा सम्पन्न कार्यक्रम समाजका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षता, उपाध्यक्ष रमेश कुमार खत्रीको स्वागत र सचिव दुर्गा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापान बस्दै आएका नागरिकहरूको हक हित र अधिकार अनि सामाजिक एकताको निमित्त समाज स्थापना गरिएको छ । समाजले स्थापनाकाल देखि विभिन्न सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago