थम्मन थापा बागलुङ भदौ ३१ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेश कुमार खत्री चयन भएका छन् । क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगमी २ वर्षे कार्य अवधिको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो ।
जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशन मार्फत नयाँ कार्यसमित चयन गरिएको गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले जानकारी दिए । कार्य समितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री, हिमाल कंडेल र दुर्गा थापा, सचिवमा दिनेश थापा, लेखा समिति संयोजकमा कृष्ण गौतम, उप संयोजकमा सन्तोष पुन र दिपक सुवेदी चयन भएका छन् । समितिको कोषाध्यक्षमा इश्वर बस्नेत, सह–सचिवमा रविन के.सी, बसन खत्री, सह कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकास के.सी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा दण्ड के.सी, राजन कंडेल, दिपक सुवेदी, डम्मर खत्री, थम क्षत्री, धन बहादुर खत्री, मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्र सिंह बस्नेत रहेका छन् । गलकोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्रीको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु, सक्रिय सदस्यहरू लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा समाजका केन्द्रिय संस्थापक अध्यक्ष कृष्ण गौचनको विशिष्ट आतिथ्यता रहेको थियो । सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन सचिव दुर्गा खत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजु बस्नेतले प्रस्तुत गरेका थिए । कार्यक्रममा सदस्य दिनेश थापाले धन्यवाद मन्तव्य राख्नु भएको थियो । टोकियोको सोलमारी मुरा हलमा सम्पन्न कार्यक्रम समाजका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षता, उपाध्यक्ष रमेश कुमार खत्रीको स्वागत र सचिव दुर्गा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापान बस्दै आएका नागरिकहरूको हक हित र अधिकार अनि सामाजिक एकताको निमित्त समाज स्थापना गरिएको छ । समाजले स्थापनाकाल देखि विभिन्न सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…