काेराेनाका कारण कारेाबार नहुदा भैरवस्थानका राेट व्यवसायीहरू समस्यामा ।

सन्ताेष गहतराज ,पाल्पा ।  विश्वमा महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ का कारण अहिले विश्व निकै आतंकित भएको छ । अहिले विश्वका जतिसुकै आर्थिक   रूपमा सम्पन्न रहेका देशहरूमा काेराेनाकाे चपेटामा परेको छन । त्यसै गरि नेपाल पनि यस्काे प्रभाव उत्तिकै छ ।

पछिल्लो समयमा काेराेनाकाे संक्रमण समुदाय स्तरमा फैलिए सँगै जाेखिम बढेको छ । अहिले काेराेना भाइरसकाे कारण धेरै व्यवसायहरूमा प्रत्यक्ष रूपमा पारेको छ । साेहि अनुसार पाल्पा रिब्दिकाेट गाउँपालिकाकाे भैरवस्थानमा राेट व्यवसायीहरू करिब ६ महिना देखि काराेबार नहुदा चिन्तित भएका छन । पाल्पाकाे धार्मिक तथा पर्यटकीय स्थल भैरव स्थान मन्दिरमा काेराेनाका कारण भक्तजनहरू पुजा गर्न नअाए पछि काराेबार नहुदा राेट व्यवसायीहरू चिन्तित भएका हुन । विशेष गरि पाल्पाकाे भैरवस्थान मन्दिरमा भक्तजनहरूले भैरव बाबा पुजा गर्नकाे लागि फूल , राेट , कुखुरा बाेका तथा पाडाकाे बलि दिने गने गर्दछन । काेराेनाकाे भाइरसकाे संक्रमणले गर्दा पछिल्लो समयमा मन्दिरमा भक्तजनहरू नअाए पछि उनिहरू चिन्तित भएका हुन । पाल्पाकाे भैरवस्थान रिब्दिकाेट गाउँपालिकाकाे मुख्य पर्यटकीय गन्तव्य स्थल हाे । जहाँ एसियाकाे सबै भन्दा ठुलाे त्रिशूल रहेको छ । त्यहि त्रिशूल हेर्न तथा भगवानकाे दर्शन गर्न अान्तरिक तथा बाह्य पर्यटनहरू अाउने गरेको छन । तर काेराेना भाइरसकाे जाेखिमलाई मध्ये नजर गर्दै मन्दिर व्यवस्थापन समितिले पुजापाठ बन्द गरेकाेले राेट व्यवसायीहरू समस्या परेको बताउदछन । अहिले सामान्य रूपमा पुजाअाजा चले पनि भक्तजनहरू मन्दिरमा नअाउदा अाफ्नाे व्यवसाय धरासाय भएकोमा व्यवसायीहरू बताउदछन । साेहि स्थानमा १२ बर्ष देखि राेट व्यवसाय गर्दै अाएका बिष्णु बहादुर थापाले पछिल्लो समयमा काेराेनाकाे प्रभावले  लकडान भए देखि मन्दिरमा पुजा नहुदा र भक्तजनहरू मन्दिरमा नअाउदा अाफुहरू समस्या परेको बताउनु भयाे । पुजा चल्दा दैनिक ५ हजार देखि १० हजार सम्म कमाउने गरे पनि अहिले करिब ६ महिना देखि काराेबार नहुदा व्यवसाय धरासय बन्दै अाएकाे र दैनिक जीवन यापन गर्न समेत गाह्रो भएको बताउनु भयाे ।  उहाले गाेर्खाली भ्वाइससँगकाे कुराकानी पछिल्लो समयमा भक्तजनहरू नअाउदा र काराेबार नहुदा अाफुहरू निकै अप्ठ्यारोमा परेको पनि बताउनु भयाे । यसरी अाफुहरू अप्ठ्यारोमा पर्दा गाउँपालिकाले भने अाफुहरू केही राहतका कार्यक्रमहरू नल्याएको गुनासाे गर्नु भयाे । त्यस्तै साेहि स्थानमा १८ बर्ष देखि राेट व्यवसाय गर्दै अाएका न्याैपाने राेट घरका तेज प्रसाद न्याैपानेकाे पनि समस्या उस्तै छ । उहाले भन्नू भयाे काेराेनाकाे कारण लकडान भए सँगै भक्तजनहरू मन्दिरमा नअाउदा र काराेबार नहुदा अाफुहरू समस्यामा परेको बताउनु भयाे । घरमा ७ जनाकाे परिवार रहेकाे न्याैपानेकाे घरमा मुख्य अाम्दानीकाे स्त्राेत भनेकाे राेट व्यवासय नै हाे उनले भने मैले राेट पकाएर बिक्री गरि परिवार पालेको थिए याे बाहेक अरू व्यवसाय केही नगर्ने गरेको बताउदै लकडाउन भए पछि काराेबार नहुदा परिवार चलाउन गाह्रो रहेको बताउनु भयाे । पुजा चल्दा दैनिक ४ देखि ५ हजार सम्म अाम्दानी गर्ने गरेको बताउने न्याैपानेले साेहि पैसाबाट छाेराछाेरी पठाउने घर परिवार चलाउने गरेको बताउनु भयाे । अहिले अाम्दानी गर्ने स्त्राेत नै बन्द हुदा परिवार चलाउन पनि समस्या रहेको बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago