पाल्पा, जिल्लाकाे माथागढी गाउँपालिकाले पालिका भित्रका स्वास्थ्य संस्थाहरूको आ.व. २०७६/ ०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
माथागढीले गाउँपालिका अन्तर्गत रहेको ५ वटा स्वास्थ्य चौकी तथा २ वटा स्वास्थ्य इकाईहरुको आ.व. २०७६।०७७ को कार्यप्रगतिको समिक्ष बैठक सम्पन्न गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा , विशिष्ट अतिथि उपाध्यक्ष निर्मला भट्टराई,स्वास्थ्य कार्यालय पाल्पाका ओमप्रकास पन्थी, सुवास दवाडी, स्वास्थ्य संयोजक केशव जि।सी,स्वास्थ्य चौकी प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले स्वास्थ्यलाई माथागढी गाँउपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सबै दुर्गम गाउँहरुमा स्वास्थ्य इकाई स्थापना, वर्थिङ्ग सेन्टरको स्थापना, स्वास्थ्य सुरक्षा कार्यक्रम लगायतका कामहरु गरिएको बताउनुभयो ।
माथागढी गाँउपालिकाका स्वास्थ्य उपसंयोजक किरण केसीको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले कार्यप्रगति तथा आगामि कार्ययोजनाहरु प्रस्तुत गरेको थिए । स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर ओम प्रकाश पन्थीले कोभिड १९ का कारण कार्यक्रममा केही असहजता भएता पनि स्वास्थ्यको क्षेत्रमा काम सन्तोषजनक भएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा गर्नका लागि स्वास्थ्य चौकीमा सुविधा सम्पन्न वर्थिङ्ग सेन्टर संचालन गर्ने तयारी भएको बताउनुभयो ।उहाँले सबैको सहयोग र समन्वयले कोभिड १९ को विरुद्ध तथा स्वास्थ्य कार्यक्रममा सहयोग पुगेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…