सन्ताेष गहतराज , पाल्पा । पाल्पामा एक सिपाही एक विरूवा ,एक नागरिक एक फलफूल बिरुवा अभियान सँगै पश्चिम नेपालको सुन्दर नगरी पाल्पाको श्रीनगरमा बृहत् वृक्षरोपण गरिएको छ ।
नेपाली सेना श्री गोरख दल गण पाल्पाको आयोजनामा तानसेनको पर्यटकीय क्षेत्र श्रीनगरमा बृहत वृक्षारोपण गरिएको हो । श्रीनगर क्षेत्रको खालि क्षेत्रमा २ सय बढी विरुवा रोपण गरिएको गोरखदल गण पाल्पाका गणपति प्रमुख सेनानी जनक कुमार बस्नेतले जानकारी दिनुभयो । त्यस क्षेत्रमा खल्लुक र तेजपत्ता ५०-५०, कपुर २८, चिउरी २०, विभिन्न प्रजातिका कटहर १५,राइखन्यो,इपिलिपि,बइस १०-१०, अमला ७ गरि दुई सय विरुवा बृक्षारोण गरिएको गणपति बस्नेतले बताउनुभयो ।
प्रधानसेनापति कमाण्ड निर्देशीका २०७६ अनुसार गो ग्रिन क्याम्पीयन कार्यक्रम अन्तर्गत गणले सो अभियानलाई सफल बनाउन वृक्षारोपण कार्यक्रमलाई तिव्र बनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…