पछिल्लो २४ घण्टामा १६७ जना काेराेना संक्रमित थपिए कोरोना संक्रमितको कुल संख्या १७३४४ पुग्यो

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना काेराेना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २ सय ४९ पुगेको छ।

बिहीबारसम्म देशभरका क्वारेन्टिनमा २३ हजार ५०० जना रहेको र ६ हजार ५६ जना काेराेना संक्रमित विभिन्न अस्पतालहरुमा उपचाररत रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

गौतमले नेपालमा दैनिक रूपमा १० हजार पिसिआर परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी दिए

उनले संक्रमितको संख्या कम भए पनि जोखिम भने नघटेको उल्लेख गरे।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago