खाता भएकोबाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौँ – आजदेखि खाता भएको बाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजदेखि हटेको हो ।

कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघ सहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले थप शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले हिजो विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।

ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago