यातायात क्षेत्रमा देखिएको समस्या समाधानको दिशामा

काठमाण्डौ,कमल पंथी- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण सरकारले झण्डै चार महिनादेखि गरेको लकडाउनका कारण वन्द भएको सार्वजनिक यातायात सुरक्षित तवरले सञ्चालन गर्नका लागि आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा छलफल भएको छ।

यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ , अध्यक्ष, नेपाल यातायात मजदूर संघ ,अध्यक्ष, अखिल नेपाल यातायात मजदूर संघ, अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अध्यक्ष सम्मिलित कार्यदलले प्रधानमन्त्रीलाई भेट गरेको हो ।

कार्यदलले प्रधानमन्त्री ज्यू सँग बैँक तथा वित्तिय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनः कर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नविकरणलाई सहजता बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गर्नुपर्ने, श्रमिकहरुको क्षतिपूर्ति सहितको कोरोना विमा हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामाग्री तथा पिपिईको व्यवस्था मिलाउन माग गरेको छ ।

भेटमा सम्माननीय प्रधानमन्त्री ज्यूले यातायात क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेकाले यसको सहजीकरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिने बताउनुभएको छ । भनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटैलाले जानकारी दिएकाछन्।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago