यातायात क्षेत्रमा देखिएको समस्या समाधानको दिशामा

काठमाण्डौ,कमल पंथी- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण सरकारले झण्डै चार महिनादेखि गरेको लकडाउनका कारण वन्द भएको सार्वजनिक यातायात सुरक्षित तवरले सञ्चालन गर्नका लागि आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा छलफल भएको छ।

यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ , अध्यक्ष, नेपाल यातायात मजदूर संघ ,अध्यक्ष, अखिल नेपाल यातायात मजदूर संघ, अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अध्यक्ष सम्मिलित कार्यदलले प्रधानमन्त्रीलाई भेट गरेको हो ।

कार्यदलले प्रधानमन्त्री ज्यू सँग बैँक तथा वित्तिय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनः कर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नविकरणलाई सहजता बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गर्नुपर्ने, श्रमिकहरुको क्षतिपूर्ति सहितको कोरोना विमा हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामाग्री तथा पिपिईको व्यवस्था मिलाउन माग गरेको छ ।

भेटमा सम्माननीय प्रधानमन्त्री ज्यूले यातायात क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेकाले यसको सहजीकरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिने बताउनुभएको छ । भनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटैलाले जानकारी दिएकाछन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago