फाईल तस्विर
पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटलवल सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै वाटाेवाट हाइलक्स गाडी तिनाउ खोलामा खसेको छ । पाल्पाको झुम्साबाट बुटवलतर्फ जाँदै गरेको गाडी तिनाउ खोलामा खसेको हाे । प्रदेश ३–०१–२२च–४५२२ नम्बरको हाइलक्स गाडी सिद्धबाबा नजिकै तिनाउ खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । दुर्घटना परि ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक पाल्पा तिनाउ गाउँपालिका ३ झुम्साका ३८ वर्षीय दयाराम पाण्डे, सोही ठाउँका २८ वर्षीय कृष्ण बस्याल, ३६ वर्षीय नन्दलाल बस्याल, ४५ वर्षीय बालकृष्ण बस्याल, ३८ वर्षीय शिव पाण्डे, ३८ वर्षीय विनोद पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ । दुर्घटना के कारणले भएको भन्नेबारे खुलेको छैन। फाईल तस्विर
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…