सिद्धबाबा नजिकै हाइलक्स दुर्घटना ६ जना घाइते २ काे अवस्था गम्भीर

पाल्पा ।  सिद्धार्थ राजमार्गको पाल्पा-बुटलवल सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै वाटाेवाट हाइलक्स गाडी तिनाउ खोलामा खसेको छ । पाल्पाको झुम्साबाट बुटवलतर्फ जाँदै गरेको गाडी तिनाउ खोलामा खसेको हाे । प्रदेश ३–०१–२२च–४५२२ नम्बरको हाइलक्स गाडी सिद्धबाबा नजिकै तिनाउ खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । दुर्घटना परि ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक पाल्पा तिनाउ गाउँपालिका ३ झुम्साका ३८ वर्षीय दयाराम पाण्डे, सोही ठाउँका २८ वर्षीय कृष्ण बस्याल, ३६ वर्षीय नन्दलाल बस्याल, ४५ वर्षीय बालकृष्ण बस्याल, ३८ वर्षीय शिव पाण्डे, ३८ वर्षीय विनोद पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ । दुर्घटना के कारणले भएको भन्नेबारे खुलेको छैन। फाईल तस्विर

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago