यामाहाको एफजेडएस भी थ्रि किन्नेलाई ,नयाँ अफर र किस्ता यस्तो ।

काठमाडौं । लगभग ३ महिना लामो बन्दाबन्दी पछि बजार खुल्न थालेसँगै यामाहा कम्पनीले नयाँ योजना अगाडि ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना अगाडि ल्याएको छ ।

एक वर्ष भित्र मूल्य चुक्ता गर्ने गरी कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुका लागि शुन्य प्रतिशत ब्याजदरमा बाइक वा स्कुटर उपलब्ध गर्ने कम्पनीले जनाएको छ ।

पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद छुट योजना अन्तर्गतनगद १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।


कुन अफरमा किन्दा कति पर्छ किस्ता

कम्पनीले सार्वजनिक गरेको यो योजनामा ग्राहकले यामाहाको चर्चित एफजेडएस भी थ्रि खरिद गर्दा तीन मध्ये आफुलाई सहज हुने योजना छनोट गर्न सक्नेछन् ।

स्कीम १. शून्य प्रतिशत डाउन पेमेन्ट

यामाहा एफजेडएस भी ३ को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । शुन्य प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा ३ बर्षसम्ममा सबै रकम चुक्ता गर्नु पर्ने छ । यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले मासिक ११ हजार ४०६ रुपैयाँ किस्ता तिर्नु पर्छ ।

स्कीम २.  १० प्रतिशत र २५ प्रतिशत डाउनपेमेन्ट

यो योजनामा सम्बन्धीत स्थानको स्थाइ बासिन्दाले १० प्रतिशत र अस्थाइ बासिन्दाले २५ प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन् । १० प्रतिशत डाउन पेमेन्ट गर्दा ३६ महिना र २५ प्रतिशत डाउन पेमेन्ट गर्दा ३० महिनाको अवधिमा किस्ता तिनु पर्नेछ ।
१० प्रतिशतमा ३१ हजार ९९० रुपैयाँ डाउन पेमेन्ट गरेर पहिला बर्ष मासिक १२ हजार ४२ रुपैयाँ र बाँकी २ वर्ष मासिक ९ हजार १२४ रुपैयाँ तिर्नु पर्छ ।

२५ प्रतिशत डाउन पेमेन्टमा ७९ हजार ९७५ रुपैयाँ बुझाएर ९ हजार ७५६ रुपैयाँका दरले ३० महिना किस्ता तिर्नु पर्नेछ ।

स्कीम ३. शून्य प्रतिशत व्याजदर

शून्य प्रतिशत व्याजदरमा एफजेडएस भी३ खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्छ । यसमा लोनको अवधि १ बर्षको मात्र रहन्छ । १ लाख ५९ हजार ९५० रुपैयाँ डाउपेमेन्ट गरेर मासिक १३ हजार ३२९ रुपैया किस्ता तिर्नु पर्छ ।

 

 

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago