यामाहाको एफजेडएस भी थ्रि किन्नेलाई ,नयाँ अफर र किस्ता यस्तो ।

काठमाडौं । लगभग ३ महिना लामो बन्दाबन्दी पछि बजार खुल्न थालेसँगै यामाहा कम्पनीले नयाँ योजना अगाडि ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना अगाडि ल्याएको छ ।

एक वर्ष भित्र मूल्य चुक्ता गर्ने गरी कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुका लागि शुन्य प्रतिशत ब्याजदरमा बाइक वा स्कुटर उपलब्ध गर्ने कम्पनीले जनाएको छ ।

पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद छुट योजना अन्तर्गतनगद १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।


कुन अफरमा किन्दा कति पर्छ किस्ता

कम्पनीले सार्वजनिक गरेको यो योजनामा ग्राहकले यामाहाको चर्चित एफजेडएस भी थ्रि खरिद गर्दा तीन मध्ये आफुलाई सहज हुने योजना छनोट गर्न सक्नेछन् ।

स्कीम १. शून्य प्रतिशत डाउन पेमेन्ट

यामाहा एफजेडएस भी ३ को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । शुन्य प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा ३ बर्षसम्ममा सबै रकम चुक्ता गर्नु पर्ने छ । यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले मासिक ११ हजार ४०६ रुपैयाँ किस्ता तिर्नु पर्छ ।

स्कीम २.  १० प्रतिशत र २५ प्रतिशत डाउनपेमेन्ट

यो योजनामा सम्बन्धीत स्थानको स्थाइ बासिन्दाले १० प्रतिशत र अस्थाइ बासिन्दाले २५ प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन् । १० प्रतिशत डाउन पेमेन्ट गर्दा ३६ महिना र २५ प्रतिशत डाउन पेमेन्ट गर्दा ३० महिनाको अवधिमा किस्ता तिनु पर्नेछ ।
१० प्रतिशतमा ३१ हजार ९९० रुपैयाँ डाउन पेमेन्ट गरेर पहिला बर्ष मासिक १२ हजार ४२ रुपैयाँ र बाँकी २ वर्ष मासिक ९ हजार १२४ रुपैयाँ तिर्नु पर्छ ।

२५ प्रतिशत डाउन पेमेन्टमा ७९ हजार ९७५ रुपैयाँ बुझाएर ९ हजार ७५६ रुपैयाँका दरले ३० महिना किस्ता तिर्नु पर्नेछ ।

स्कीम ३. शून्य प्रतिशत व्याजदर

शून्य प्रतिशत व्याजदरमा एफजेडएस भी३ खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्छ । यसमा लोनको अवधि १ बर्षको मात्र रहन्छ । १ लाख ५९ हजार ९५० रुपैयाँ डाउपेमेन्ट गरेर मासिक १३ हजार ३२९ रुपैया किस्ता तिर्नु पर्छ ।

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago