पाल्पाको बग्नासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदान धानको बीउ वितरण

सन्तोष गहतराज पाल्पा ।

पाल्पाको बग्नासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको छ । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोबिड १९ ले गर्दा खाध्य संकट हुन सक्ने परिस्थितिलाई मध्ये नजर गरि कार्यपालिकाको ७२ औ बैठकबाट धान बीउ बिजन वृद्धि कार्यक्रमका लागि ३ लाख बजेट विनियोजन गरि पालिकाका सबै वडामा अनुदानमा धानको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयो ।

त्यस्तै गाउँपालिकाले फलफूल कार्यक्रमका लागि ३ लाख ४६ हजार बजेट बिनियोजन गरिएको बताउनु भयो ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सावित्री,राम धान,सुख्खा ३,सावा मन्सुली जातको धान पालिकाका सबै वडा सामाजिक दुरी कायम राखी वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहोराले बताउनु भयो । पछिल्लो समयमा कोरोनाको कारण बन्दाबन्दी भए सँगै मानिसहरू कृषिमा पेशा आकर्षित भएको सन्दर्भमा कृषि कार्यमा कृषकहरूलाई थप सहयोग पुगोस भनी गाउँपालिकाले कृषकको हितको लागि अनुदानको कार्यक्रम ल्याएको कृषि शाखा प्रमुख बोहोराले बताउनु भयो ।


गाउँपालिकाले पालिकाका सबै वडा मा करिब ३० क्विन्टल धान पालिकाका कृषि सहकारी ,कृषि समूह तथा कृषि संजाल मार्फत वितरण गरिएको गाउँपालिकाका प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताउनु भयो ।
यसरी पाल्पाको बग्नासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदान धान उपलब्ध गराए पछि पालिकाका कृषकहरू खुशी भईका छन ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago