सन्तोष गहतराज पाल्पा ।
पाल्पाको बग्नासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको छ । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोबिड १९ ले गर्दा खाध्य संकट हुन सक्ने परिस्थितिलाई मध्ये नजर गरि कार्यपालिकाको ७२ औ बैठकबाट धान बीउ बिजन वृद्धि कार्यक्रमका लागि ३ लाख बजेट विनियोजन गरि पालिकाका सबै वडामा अनुदानमा धानको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयो ।
त्यस्तै गाउँपालिकाले फलफूल कार्यक्रमका लागि ३ लाख ४६ हजार बजेट बिनियोजन गरिएको बताउनु भयो ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सावित्री,राम धान,सुख्खा ३,सावा मन्सुली जातको धान पालिकाका सबै वडा सामाजिक दुरी कायम राखी वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहोराले बताउनु भयो । पछिल्लो समयमा कोरोनाको कारण बन्दाबन्दी भए सँगै मानिसहरू कृषिमा पेशा आकर्षित भएको सन्दर्भमा कृषि कार्यमा कृषकहरूलाई थप सहयोग पुगोस भनी गाउँपालिकाले कृषकको हितको लागि अनुदानको कार्यक्रम ल्याएको कृषि शाखा प्रमुख बोहोराले बताउनु भयो ।
गाउँपालिकाले पालिकाका सबै वडा मा करिब ३० क्विन्टल धान पालिकाका कृषि सहकारी ,कृषि समूह तथा कृषि संजाल मार्फत वितरण गरिएको गाउँपालिकाका प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताउनु भयो ।
यसरी पाल्पाको बग्नासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदान धान उपलब्ध गराए पछि पालिकाका कृषकहरू खुशी भईका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…