बगनासकालीमा ब्यवसाय गर्न चाहनेले धितो बिना सस्तो ब्याजमा ऋण पाउने

 पाल्पा । बगनासकाली गाउँपालिकाका कृषि पशुपालन तथा अन्य स्वरोजगारमुलक ब्यवसाय गर्न चाहनेहरुले अव सस्तो ब्याजमा बिना धितो ऋण पाउने भएका छन् ।
नेपाल बैंकसितको सहकार्यमा बगनासकाली गाउँपालिकाले सहुलियतपुर्ण कर्जा उपलब्ध गराउन लागेको हो । यससम्बन्धी नेपाल बैंक र गाउँपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल बैंकका लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख पासाङ दोर्जे शेर्पा र गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले यससम्बन्धी सम्झौतापत्रमा हस्तारक्षर गरेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बिदेशबाट फर्केका वा नेपालमै रहेर पनि ब्यवसाय गर्न चाहने ब्यक्तिहरुले यसबाट लाभ लिन सक्ने बताए । ऋण लिन चाहने ब्यक्तिले धितो समेत राख्नु पर्दैन । व्यवसाय गर्न चाहाने युवाहरूले माग गरे अनुसार बिना धिताे ऋण प्रदान गरिने अध्यक्ष बस्यालले बताउनु भयाे । बैंकका प्रमुख पासाङ दोर्जे शेर्पाले यो कार्यक्रमले महिला र बिदेशबाट फर्केका युवाहरुलाई बढी प्राथमिकता दिने बताए । ऋण लिई ब्यवसाय लिन चाहने ब्यक्तिलाई सहज रुपमा बिना झन्झट ऋण उपलब्ध गराइने समेत उनले बताए । यसका लागि महिला उद्यमीले बार्षिक २.१८ प्रतिशत र अन्य उद्यमीले बार्षिक ३.८१ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने बताए । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले अधिकांश युवाहरु बैदेशिक रोजगारीमा रहेको र उनीहरुका परिवार समेत छोराछोरी पढाउने वा अन्य बाहनामा शहर पस्ने क्रम बढ्दै गएकोले बैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुलाई स्वदेशमै उद्यमशील बनाउन यो कार्यक्रम बढी प्रभावकारी हुने बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बैंक र गाउँपालिका बीच भएका सम्झौताका बुदाहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा बैंकका पाल्पा शाखा प्रमुख सुरज घिमिरे गाउँपालिकाका कर्मचारी लगायत जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीको संचालनमा चलेको थियो । नेपाल बैंकले पाल्पाकै तानसेन नगरपालिकासित पनि यसप्रकारको सम्झौता गरि उद्यमशीलता कार्यक्रम संचालन गर्दै आएको छ । तानसेन नगरपालिकामा यो कार्यक्रम निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago