तिनाउ गाउँपालिकाले बाँस योजना तयार गर्दै ।

 सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले पालिका स्तरीय खानेपानी सर सफाइ तथा संच्छता कार्यक्रम सम्बन्धि योजना (बाँस योजना) तयारी गरि पुस्तिकाको रूपमा सार्वजनिक गरेको छ ।
उक्त बाँस वास योजना पुस्तिका एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले सार्वजनिक गर्नुभएको हो । वास योजना तयारी गर्न गाउँपालिका तथा वडास्तरीय कार्य दल गठन गरि गणकहरू मार्फत तथ्यांक संकलन गरिएको थियो । खानेपानी योजनाहरु र सरसफाइ सम्बन्धि प्राप्त तथ्यांकहरू वडा र पालिकामा छलफल गरि वास योजना पुस्तिका तयार गरिएको हो । गाउँपालिकाले तयार गरेको वास योजना अनुसार खानेपानी तथा सरसफाइको कार्यक्रम संञ्चालन गरिने गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो । वास योजना सार्वजनिकिकरण कार्यक्रम उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ,वडा अध्यक्षहरू तथा कार्य पालिका सदस्यहरू,वास फोकल पर्सन कृष्ण कार्की,गाउँपालिका सुचना अधिकृत तुल बहादुर घर्ती मगर लगाएतको उपस्थिति रहेको थियो ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago