साक्षर जिल्ला घोषणा अभियान अलपत्र

कञ्चनपुर। कोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् गत वर्ष नै साक्षरजिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम समयमा आएर कोरोनाका कारण रोकिएको हो

यस वर्ष पनि कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरसहित सबै स्थानीय तहमाबजेट आएको कोरोना सङ्क्रमणकै कारण अवरोध देखिएको गत वर्ष समन्वय समितिसहित सबै तहमा साक्षरता कार्यक्रमसञ्चालनका लागि रु दुई लाखदेखि रु १० लाखसम्म बजेट आएको थियो गत वर्ष फागुनदेखि फैलिएको कोरोना महामारीले कार्यक्रमअवरुद्ध बनेको

स्थानीय तहले निरक्षरलाई साक्षर बनाउन कक्षा सञ्चालनलगायत विभिन्न कार्यक्रम सञ्चालन तयारी अघि बढाएका थिए कोरोनापछि ती सबै कक्षा स्थगित भएर निरक्षरलाई साक्षर बनाउने कार्यक्रम रोकिएका थियो शिक्षा विकास तथा समन्वय एकाइकञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले कोरोना महामारीका कारण साक्षर जिल्ला घोषणा कार्यक्रम हुन नसकेको बताउनुभयो सरकारी नीतिअनुसार समन्वय एकाइसहित सबै स्थानीय तहले साक्षर जिल्ला घोषणाका लागि कार्यक्रम अघि बढाएका थिए’’, उहाँलेभन्नुभयो, “कोरोना महामारीले अन्तिम समयमा आएर स्थगित भयो

कोरोना सङ्क्रमणले यस वर्ष पनि साक्षर जिल्ला घोषणा कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था नदेखिएको उहाँले बताउनुभयो यस वर्ष पनि त्यस्तै , के हुन्छ, केही थाहा छैन”, उहाँले भन्नुभयो कञ्चनपुरमा १५ देखि ६० वर्ष उमेर समूहका ४५ हजार बासिन्दानिरक्षर छन् निरक्षरमध्ये ९५ प्रतिशतलाई साक्षर बनाएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान

देशभर कञ्चनपुरसहित २५ जिल्ला मात्रै साक्षर घोषणा गर्न बाँकी छन् सरकारले सन् २०१५ मा देशलाई साक्षर घोषणा गर्ने लक्ष्यलिए पनि पछि त्यसलाई सन् २०१९ सम्म पुगाइएको थियो सरकारले युनेस्कोको प्रावधानअनुसार ९५ प्रतिशतभन्दा बढी साक्षरताभएका गाउँ, नगर जिल्लालाई साक्षर गाउँ, नगर वा जिल्ला घोषणा गर्ने नीति लिएको सो नीतिअनुसार आव २०६५/६६ देखिअनौपचारिक शिक्षा केन्द्रमार्फत राष्ट्रिय साक्षरता अभियान, आव २०६९/७० देखि साक्षर नेपाल अभियानलगायत कार्यक्रम सञ्चालन गर्दैआएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago