तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

गोपाल ढकाल, मनोविद

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ।
कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ ।
तर यो विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो बर्ष कोरोनाको संक्रमणलाइ ध्यान दिदै भौतिक दुरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउदै जो जो जहाँ जहाँ हुनुहुन्छ त्यहिबाट चाडपर्व मनाउनु नै उतम हुन्छ।

चाडपर्वमा शुभकामना तथा आशिर्वादको आदन – प्रदान भौतिक रुपमा भेटधाट हुन नसकेपनि बैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गरेर गर्न सकिन्छ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठुलो महत्व रहेको हुन्छ। दशैँ तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात , जाति र धर्म सम्प्रदायसँग मात्र सिमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ। यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरब र पहिचान गराउँछ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठूलो महत्व रहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ्य हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा स्वस्थ्य हुनुपर्दछ । तिहार जस्ता चाडपर्वले मानिसलाई यी चारै आयमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्‍याइरहेको हुन्छ ।

चाडपर्वमा सबैले मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । चाडपर्वमा विशेष रूपमा खाइने खानेकुराले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्‍याउँछ । तिहारको अबसमा दिदीबहिनीले दाजुभाइलाई दिने भाइ मसला पोषिलो र औषधीय गुणले सम्पन्न हुने गर्छ ।

तिहारमा खेलिने देउसीभैलोले एक त सामूहिक भावनको विकास गर्छ भने अर्कोतर्फ गीत संगीतको माध्यमद्वारा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ । मानसिक स्वास्थ्यको लागि मनोरञ्जन महत्वपूर्ण हुन्छ । मनोरञ्जनले पिर, मर्का र तनावबाट छुटकारा मिल्छ । गीतसंगीत मानव जीवनको लागि आवश्यक कुरा हो । विश्वमा मानसिक रोगको उपचारको लागि म्यूजिक थेरापी कै विकास भएको छ ।

सामूदायिक हितको हिसावले देउसी भैलो खेल्ने र त्यसबाट उठेको रकम समाजसेवामा लगाइनु पनि तिहारको राम्रो पक्ष हो ।

तर कोरोनाको कारण यश पटक भने देउसी भैलो खेल्नबाट हामी बन्चित भएका छौ ।

चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ ।

चाडपर्वको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । चाडपर्वकै अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । सम्बन्धलाई गाढा र मजबुद्ध बनाउने भेटघाटले नै हो ।

चेलीहरू बिवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जानसक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेली बीचको सम्बन्ध गाढा बनाइ राख्न तिहार जस्तो चाडको ठूलो महत्व छ । विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अबसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजकी आउने गर्छ । उनीहरुबीच माया प्रेम सद्भाव अझ् झाँगिदै जान्छ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने सेतुको काम पनि चाडपर्वले गर्छ ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने हुनाले बढ्दै गएको ‘जेनेरेशन ग्याप’लाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ । चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । त्यसकारण चाडपर्वको मनोवैज्ञानिनिक प्रभाव बुझ्नु जरुरीछ ।

तिहारमा घर रङ्ग्याउने सरसफाइ गर्ने जस्ता कुराले व्यक्तिलाई सरसफाइ प्रति जागरुक र सचेत पनि बनाइरहेको हुन्छ ।
कोरोनाको कारण अहिलेको अबस्थामा आफ्नो सरसफाइमा ध्यान दिनु त अति आबस्यक छ। चाडपर्वलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउनु आवश्यक छ ।

तिहार बत्ती, रङ्ग र फूलको पर्व हो । जीवन रङ्गहरुको समिश्रण हो । भाइटीकामा लगाइने सप्तरङ्गी टिकाले यहीँ अर्थ दिन्छ । सातवटै रङ्गहरुको अर्थ र विशेषता फरकफरक हुने गर्दछ । रङ्गीबिरङ्गी रङ्गहरुले मान्छेको मनमा सकारात्मक भावना उत्पन्न गराउँछ ।

मानसिक रोगको उपचारमा विश्वमा कलर थेरापीको प्रयोग गर्ने गरिन्छ । उज्यालो, चम्किलो , रंगिन र सुन्दर कुरा नै हामीले जीवनमा रोज्नुपर्छ । यसैमा रमाउने प्रयास गर्नुपर्छ भन्ने सन्देश यसले दिएको हुन्छ । डिप्रेशनले गाजेको अहिलेको अबस्थामा तिहारको झिलिमिलिले ठूलै औषधीको काम गरिरहेको हुन्छ ।

संसारमा गुणको कदर हुन्छ । मानिसलाई मदत पुर्याउने पशुपँक्षीदेखि चौपाय समेतलाई यस पर्वमा पुजिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरूको पूजा गर्नु भनेको उनीहरूको काम र गुणको कदर र सम्मान गर्नु पनि हो ।

संसारका सबै प्राणीहरूले आफ्नो मान , सम्मान र कामको कदर होस भन्ने चाहन्छन् । तिहारको बेला पशुपँक्षीलाई पूज्ने कार्यले पशुपँक्षीको आफ्नो कामको सम्मान र महत्व झल्काउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ ।

यसले ईको सिस्टमलाई समेत सन्तुलित राख्छ । हामीले अरूको कामको कदर र गुणको पूजा गर्नुपर्छ चाहे ती आफूभन्दा साना वा पशुपँक्षी नै किन नहुन् । यो कुराको प्रष्ट सन्देश तिहारले दिन्छ । कसैले आफ्नो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढ्छ । कलह र बिद्रोहको कारण पनि यहि हो ।

तिहारमा धुमधामसाथ लक्ष्मी पूजा गरिन्छ । लक्ष्मीलाई धन धान्य, ऐश्र्वर्य र सम्पन्नताकी प्रतिकको रुपमा पूज्ने गरिन्छ । तिहारमा लक्ष्मी वा पैसाको पूजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नुपर्छ भन्ने हो ।

आफ्नो शरिर आफैँले पूजा गर्ने पर्व म्हः पूजाको मनोवैज्ञानिक रुपमा पनि ठूलो महत्व छ । आफ्नो शरीर भन्दा बहुमुल्य कुरा यो संसारमा अरु केही पनि छैन । शरिर हाम्रो लागि सृष्टिको अनमोल उपहार हो। शरिरका प्रणालीले काम गरुन्जेलसम्म मात्र हामी जिबित रहने हो । शारिर नै मन्दिर हो। यसलाई स्वस्थ्य राख्नुपर्छ ।

शरीरलाई स्वस्थ्य राख्न तथा आफ्नै दिर्घायूको कामना समेत म्हः पूजामा गरिन्छ । यसले जीवन अमुल्य छ भन्ने बोध गराउछ । आत्म सम्मान कमजोर हुँदा मानिसलाई मानसिक असर पुग्नसक्छ । व्यक्तिमा विभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन् । मानसिक स्वास्थ्य सबल राख्न समेत म्हः पूजाले मद्दत पुर्‍याउने गर्छ ।
त्यसै गरि हाम्रो अर्को चाड “छट” भनेको प्रकृति र पर्यवरणको पुजा गर्ने चाड हो । यसले प्रकृति र पर्यावरण जोगाउनु पर्छ भन्ने संदेश दिन्छ ।
तसर्थ चाडपर्वको मनोवैज्ञानिक महत्वलाई बुझेर यसलाई सभ्य र भव्यरुपमा मनाउनुपर्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago