सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश सपना मल्लको एकल इजलासले आज आयोगले लिने परीक्षामा सङ्क्रमितलाई पनि सामेल गराउन अन्तरिम आदेशदिएको हो ।
सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१)को कार्यान्वयन नगर्ननगराउनसमेत आयोगलाई दिएको आदेशमा उल्लेख गरिएको छ । आयोगले जारी गरेको सङ्क्रमणको विशेष व्यवस्थामा परीक्षासम्बन्धीमापदण्डमा कोभिड –१९ को सङ्क्रमणबाट सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको थियो ।
संङ्क्रमित परीक्षार्थीलाई पनि सुरक्षित तरिकाले परीक्षाको व्यवस्थापन गर्न माग गर्दै मानवअधिकार रक्षक सञ्जालसंँग आबद्धशैलेन्द्रप्रसाद अम्बेडकरले रिट निवेदन दिनुभएको थियो । “सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिलेसुरक्षित तरिकाले परीक्षा लिन र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नू गराउनू”, आदेशमा भनिएको छ, “स्वघोषित सङ्क्रमितव्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्नेव्यवस्था गर्नू । ”
आदेशमा महामारीका समयमा परीक्षा सञ्चालन हुन लागेका अवस्थामा आयोगको मापदण्डले संंङ्क्रमित मात्र परीक्षा दिन वञ्चितभई उनीहरुको संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाका आधारमा विभेदविरुद्धको हक, छुवाछूततथा भेदभावविरुद्धको अधिकारको समेत उल्लङ्घन हुन जाने बताइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…