जिल्ला प्रशासन कार्यालय पाल्पाद्धारा चाडपर्वमा सर्तकता अपनाउन आग्रह ।

सन्ताेष गहतराज , पाल्पा , असोज २९ ।  हिन्दु नेपालीहरूकाे महान चाड बडा दशै नजिकिदै गरेकाे सन्दर्भमा जिल्ला प्रशासन कार्यालय पाल्पाले उच्च सतर्कता अपनाएर परिवार भित्र मात्र चाड पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले विहिबार एक सूचना जारी गर्दै चाडपर्वको अवसरमा हुने भीडभाडले महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम अझै बढ्ने भन्दै उच्च सतर्कता अपनाएर परिवार भित्र चाड मनाउन आग्रह गरेको हो ।

विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रशासनले भनेको छ, ‘दशैं, तिहार, नेपाल संवत्, छठ आदि पर्वमा यातायातका साधन, धार्मिक। स्थल, पसल लगाएत सर्वजनिक स्थलमा हुने भीडभाडले संक्रमणको जोखिम अझै बढ्ने संभावना भएकाले चावपर्व मनाउने क्रममा अनावश्यक आवागमन्, भेटघाट, भेला, सराय नाँच, र मानिस जम्मा हुनेकुनै पनि धार्मिक, सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम नर्गन तथा उच्च सतर्कता अपनाई परिवार भित्र मात्र स्वस्थ वातावारणमा आफ्नो धर्म, संस्कृति, परम्परा अनुरुप चाड पर्व मनाउन तथा अनुष्ठान सम्पन्न गर्न अनुरोध गरेको छ .

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सुचनामा कोभिड संक्रमणले जनजीवनमा नयाँ चुनौती उत्पन्न गरेको, भन्दै प्रशासनले आफ्नो तथा समाजको स्वास्थ्य सुरक्षाका लागि प्रत्येक व्यक्तिको सचेतना आवश्य देखिएको बताइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago