जिल्ला प्रशासन कार्यालय पाल्पाद्धारा चाडपर्वमा सर्तकता अपनाउन आग्रह ।

सन्ताेष गहतराज , पाल्पा , असोज २९ ।  हिन्दु नेपालीहरूकाे महान चाड बडा दशै नजिकिदै गरेकाे सन्दर्भमा जिल्ला प्रशासन कार्यालय पाल्पाले उच्च सतर्कता अपनाएर परिवार भित्र मात्र चाड पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले विहिबार एक सूचना जारी गर्दै चाडपर्वको अवसरमा हुने भीडभाडले महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम अझै बढ्ने भन्दै उच्च सतर्कता अपनाएर परिवार भित्र चाड मनाउन आग्रह गरेको हो ।

विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रशासनले भनेको छ, ‘दशैं, तिहार, नेपाल संवत्, छठ आदि पर्वमा यातायातका साधन, धार्मिक। स्थल, पसल लगाएत सर्वजनिक स्थलमा हुने भीडभाडले संक्रमणको जोखिम अझै बढ्ने संभावना भएकाले चावपर्व मनाउने क्रममा अनावश्यक आवागमन्, भेटघाट, भेला, सराय नाँच, र मानिस जम्मा हुनेकुनै पनि धार्मिक, सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम नर्गन तथा उच्च सतर्कता अपनाई परिवार भित्र मात्र स्वस्थ वातावारणमा आफ्नो धर्म, संस्कृति, परम्परा अनुरुप चाड पर्व मनाउन तथा अनुष्ठान सम्पन्न गर्न अनुरोध गरेको छ .

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सुचनामा कोभिड संक्रमणले जनजीवनमा नयाँ चुनौती उत्पन्न गरेको, भन्दै प्रशासनले आफ्नो तथा समाजको स्वास्थ्य सुरक्षाका लागि प्रत्येक व्यक्तिको सचेतना आवश्य देखिएको बताइएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago