पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार पर्यटन व्यवसायी संघसंस्थाकोभव्य गृहकार्य भएपनि कोभिड१९ ले अभियान सफल हुन नसकेको बताउनुभएको पोखरा महानगरपालिकाको आयोजना तथापोखरा पर्यटन परिषदको समन्वयमा बिहिबार पोखरामा भएको  नविनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्गरणनीति तर्जुमा कार्यशालाकार्यक्रममा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले कोभिड१९ का कारण पर्यटनमामासिक १० अर्ब घाटा भईरहेको बताउनुभयो आन्तरिक बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण पदयात्राका लागि बिस्तारैबुकिङ् खुला हुँदै गएकाले अब बैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्ने उहाँको भनाइ थियो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्नेबताउनुभयो मुख्यमन्त्री  गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन साहसिक खेललगायत ग्रामिण पर्यटनको लागि डराउन नपर्ने बताउनुभयो

कोभिड१९ को असरले गण्डकी प्रदेशमा २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उहाँले अब  पर्यटनलाई चलायमान गर्नुपर्नेबताउनुभयो तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेज मार्फत यस क्षेत्रमा टिकाउनचुनौति रहेको उल्लेख गर्दै उहाँले एक अर्ब राहत प्याकेज मङ्सिर भित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिनुभयो

गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सस्कृति, प्रकृति साहसिक पर्यटनको लागिआर्कषक गन्तब्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राख्नुभयो सांसद खगराज अधिकारीले सुरक्षाकोमापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो अर्का सांसद विद्या भट्टराईले अब कोभिड१९ पछिको पर्यटनकोअवस्थालाई अध्ययन गरेर नयाँ कोर्स सृजना गरेर जानुपर्नेमा जोड दिनुभयो पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखराकोपर्यटनको विकासमा कार्ययोजना सहित अघि बढेको बताउनुभयो

सो अवसरमा पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा. रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष टिकाराम सापकोटा, पर्यटनका अध्येता एवंम कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमानअवस्था यसले पारेका प्रभाव साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नविनतम सम्भावनाको खोजीको बारेमा प्रस्तुति राख्नुभएको थियो 

कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी संघसंस्थाहरु बीच समूहगत छलफल गरी पर्यटनका सवल पक्षसहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रीत कार्यक्रम गर्ने भन्ने सामुहिक निष्कर्ष निकालिएको थियो

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago