पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार पर्यटन व्यवसायी संघसंस्थाकोभव्य गृहकार्य भएपनि कोभिड१९ ले अभियान सफल हुन नसकेको बताउनुभएको पोखरा महानगरपालिकाको आयोजना तथापोखरा पर्यटन परिषदको समन्वयमा बिहिबार पोखरामा भएको  नविनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्गरणनीति तर्जुमा कार्यशालाकार्यक्रममा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले कोभिड१९ का कारण पर्यटनमामासिक १० अर्ब घाटा भईरहेको बताउनुभयो आन्तरिक बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण पदयात्राका लागि बिस्तारैबुकिङ् खुला हुँदै गएकाले अब बैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्ने उहाँको भनाइ थियो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्नेबताउनुभयो मुख्यमन्त्री  गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन साहसिक खेललगायत ग्रामिण पर्यटनको लागि डराउन नपर्ने बताउनुभयो

कोभिड१९ को असरले गण्डकी प्रदेशमा २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उहाँले अब  पर्यटनलाई चलायमान गर्नुपर्नेबताउनुभयो तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेज मार्फत यस क्षेत्रमा टिकाउनचुनौति रहेको उल्लेख गर्दै उहाँले एक अर्ब राहत प्याकेज मङ्सिर भित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिनुभयो

गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सस्कृति, प्रकृति साहसिक पर्यटनको लागिआर्कषक गन्तब्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राख्नुभयो सांसद खगराज अधिकारीले सुरक्षाकोमापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो अर्का सांसद विद्या भट्टराईले अब कोभिड१९ पछिको पर्यटनकोअवस्थालाई अध्ययन गरेर नयाँ कोर्स सृजना गरेर जानुपर्नेमा जोड दिनुभयो पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखराकोपर्यटनको विकासमा कार्ययोजना सहित अघि बढेको बताउनुभयो

सो अवसरमा पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा. रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष टिकाराम सापकोटा, पर्यटनका अध्येता एवंम कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमानअवस्था यसले पारेका प्रभाव साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नविनतम सम्भावनाको खोजीको बारेमा प्रस्तुति राख्नुभएको थियो 

कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी संघसंस्थाहरु बीच समूहगत छलफल गरी पर्यटनका सवल पक्षसहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रीत कार्यक्रम गर्ने भन्ने सामुहिक निष्कर्ष निकालिएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago