सञ्चारसेट बोकेर झुक्यानमा पारी ठगी गर्ने नक्कली सुरक्षाकर्मी

एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन्

उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाडौँ उपत्यकामा व्यवसायीलाईप्रभाव पार्दै कतिपयबाट रकम समेत लिएको जनाइएको अन्तत दुई वर्ष पछि आज महानगरीय अपराध महाशाखाले उनलाई पक्राउगरेपछि रहस्य खुलेको हो उनी नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै हिँड्ने व्यक्ति भएको महाशाखाले जनाएको

आफू सुरक्षाकर्मी भएको बताउँदै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिकलाभ लिने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो उक्त सूचना प्राप्त भएपछिमहाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले आज विहान रामेछाप खाडोदेवि घर भई काठमाडौँको बानियाटार बस्ने गोविन्दखड्कालाई पक्राउ गरेको थापाले बताउनुभयो उनले प्रहरीकोनेम प्लेटतथा लुगा समेत प्रयोग गर्दै आएका थिए

उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएकोनेम प्लेट’,  विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने वुटजुत्तालगायत बरामद गरिएको बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको उनले सेनाको पोशाकको समेत दुरुपयोग गरेको पाइएको

बरामद भएको सञ्चार सेट विदेशी पर्यटक सगरमाथा आरोहणको समयमा आउने क्रममा नेपालीलाई राख्न दिएको त्यही सेट दुरुपयोगगर्दै आएको प्रहरीले जनाएको

महाशाखाले कोही कसैलाई विभिन्न प्रभावमा पारी ठगी गरेको भएमा सम्पर्कमा आउन अनुरोध गरेको उनलाई थप कारवाहीकालागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाईएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago