सञ्चारसेट बोकेर झुक्यानमा पारी ठगी गर्ने नक्कली सुरक्षाकर्मी

एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन्

उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाडौँ उपत्यकामा व्यवसायीलाईप्रभाव पार्दै कतिपयबाट रकम समेत लिएको जनाइएको अन्तत दुई वर्ष पछि आज महानगरीय अपराध महाशाखाले उनलाई पक्राउगरेपछि रहस्य खुलेको हो उनी नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै हिँड्ने व्यक्ति भएको महाशाखाले जनाएको

आफू सुरक्षाकर्मी भएको बताउँदै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिकलाभ लिने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो उक्त सूचना प्राप्त भएपछिमहाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले आज विहान रामेछाप खाडोदेवि घर भई काठमाडौँको बानियाटार बस्ने गोविन्दखड्कालाई पक्राउ गरेको थापाले बताउनुभयो उनले प्रहरीकोनेम प्लेटतथा लुगा समेत प्रयोग गर्दै आएका थिए

उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएकोनेम प्लेट’,  विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने वुटजुत्तालगायत बरामद गरिएको बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको उनले सेनाको पोशाकको समेत दुरुपयोग गरेको पाइएको

बरामद भएको सञ्चार सेट विदेशी पर्यटक सगरमाथा आरोहणको समयमा आउने क्रममा नेपालीलाई राख्न दिएको त्यही सेट दुरुपयोगगर्दै आएको प्रहरीले जनाएको

महाशाखाले कोही कसैलाई विभिन्न प्रभावमा पारी ठगी गरेको भएमा सम्पर्कमा आउन अनुरोध गरेको उनलाई थप कारवाहीकालागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाईएको

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago