कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावितभएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको

आफ्नो पद बहलीपछि आज मन्त्रालय मातहतका निकायका प्रमुखलाई  निर्देशन दिँदै उहाँले अर्थतन्त्रलाई थप सबल बनाउनु्पर्नेभएकाले त्यसमा सबैको उत्तिकै साथ सहयोग जरुरी रहेको बताउनुभयो

कोरानाका कारण अन्तराष्ट्रिय राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलपलाईमाथि उठाउनुपर्नेमा जोड दिँदै उहाँले अर्थतन्त्रलाई गतिशिल बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताउनुभयो

सरकारको बजेट मौद्रिक नीतिले लिएका लक्ष्य हासिल गर्न सबैको इमान्दार प्रयास जरुरी रहेकोमा जोड दिँदै उहाँले नागरिककोजीवनरक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताउनुभयो चालु आर्थिक वर्षको बजेटले समेत कोरोना कारण सिर्जितसमस्यालाई समाधनका लागि मार्गदर्शन गरेको त्यसको व्यवहारिक कार्यान्वयनले आर्थिक क्षेत्र थप सबल बन्ने मन्त्री पौडेलको भनाइ उहाँले कोरोना प्रभावित वर्ग तथा क्षेत्रलाई राहत तथा पुनः उत्थानका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमकोव्यवहारिक  कार्यान्वयन नै आजको प्रमुख आवश्यकता हो भन्नुभयो

अर्थमन्त्रीले भन्नुभयोचालू आवको बजेटले पनि धेरै विषय समेटेको यस्तै राष्ट्र बैंकको मौद्रिक नीतिले पनि आर्थिक तथा वित्तीयक्षेत्रको सबलीकरणका लागि धेरै विषय समेटेको , त्यसको व्यवहारिक कार्यान्वयन गर्नु जरुरी

उहाँले पूँजीगत खर्चका विषयमा सधै प्रश्न उठ्ने भएकाले विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन अवलम्बन गर्नगर्नुपर्ने स्पष्ट दृष्टिकोणका साथ काम गर्न पनि आग्रह गर्नुभयो

अर्थमन्त्री पौडेलले आर्थिक अनुशासन कायम गर्दै अगाडि बढ्न निर्देशन दिँदै वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने विषय पनि अर्कोमहत्वपूर्ण कार्यभार रहेको उल्लेख गर्नुभयो उहाँले आर्थिक अनुशासन कायम गर्दै समग्र वित्तीय सुशासनलाई विशेष ध्यान दिएरअन्तरनिकाय समन्वयलाई पनि प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो   अर्थमन्त्री पौडेलले अन्तरनिकायबीचकोसम्बन्धलाई समेत नयाँ ढंगले परिभाषित गरेरअगाडि बढ्नुपर्ने स्पष्ट गर्दै एकार्का निकायबीचको भूमिका परिपूरक भएको भएको   त्यसमा अर्थ मन्त्रालय सहयोगीको रुपमा रहनुपर्ने बताउनुभयो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago