अल निप्पोन एयरवोइजले पायो ३ अर्ब ८० करोड डलर कर्जा

टोकियो । जापानको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी एएनए होल्डिङ्स इंकले ३ अर्ब ८० करोड डलर कर्जा पाएको छ । कोभिड–१९ को महामारीका कारण हवाई यात्रामा कमी आएसँगै बाँच्नका लागि कम्पनी संघर्ष गरिरहेको छ ।संघर्षकै क्रममा कम्पनीले सबओर्डिनेटेड कर्जा अन्तर्गत यो कर्जाको रकम पाएको हो l

यस्तोमा कम्पनीले सबओर्डिनेटेड कर्जा अन्तर्गत सो रकम पाएको यस मामिलाबारे जानकार तीन स्रोतको भनाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको हो ।

यो मध्ये १ खर्ब ३० अर्ब येन सुमितोमो मिचुई फाइनान्सियल इंकबाट पाएको हो । अर्को १ खर्ब ३० अर्ब येन भने सरकारी बैंक डेभलपमेन्ट बैंक अफ जापान (डीबीजे)बाट आएको हो । बाँकी रकम भने मिजुहो फाइनान्सियल ग्रुप, मिचुबिशी यूएफजे फाइनान्सियल ग्रुप र सुमितोमो मिचुई ट्रष्ट बैंकबाट आएको बताइएको छ ।

महामारी शुरु भएयता जापानमा सहमति जनाइएको यो पहिलो ठूलो आकारको सबओर्डिनेटेड कर्जा प्याकेज हो ।

सरकारले पयर्टन क्षेत्रलाई टेवा दिन ल्याएको गो टू ट्राभल अभियानका कारण पछिल्ला केही दिनमा एनएएको हवाई उडानको माग बढेको भएपनि बूकिङ अझै पनि गत वर्षको स्तरभन्दा कम छ ।

यस्तोमा विमानहरु या त ग्राउन्डेड छन् या थोरै मात्रै यात्रीहरु राखेर चलाइएको छ । आफूलाई बचाइराख्न एएनएले हवाई सेवा प्रदायकहरुले नगद प्रवाह गरिरहेका छन् । जुन ३० सम्मको तीन महीनामा एएनएको सञ्चालन घाटा १ खर्ब ५९ अर्ब येन (१ अर्ब ५१ करोड डलर) थियो ।

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago