काठमाडौँ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा केही दिनयता उत्पन्न भएकाे पार्टीको आन्तरिक राजनीतिक मामिलामा संलग्न नेताहरुलाई छुट्टाछुट्टै भेटेका छन्।
योसँगै प्रचण्डले आइन्दा पार्टीमा गुटबन्दी अन्त्य गर्ने र अनुशासन पालना गर्ने आफ्नो पूर्व प्रतिवद्धता उल्लंघन गरेका छन्। उनले बिहीबार आफ्नो निवास खुमलटारमा सबैभन्दा पहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीलाई भेटेर कर्णालीमा उत्पन्न विवादबारे जानकारी लिएका छन्।
शाहीविरुद्ध आइतबार कर्णाली प्रदेशमा नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। त्यसलगत्तै मुख्यमन्त्रीको पद जोगाउन केन्द्रबाट दाहालसँगै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो विवाद केही दिन यथावत राखि दुई दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन दुबै पक्षलाई बोलाएका थिए।
बिहीबार दुबै पक्षलाई आमनेसामने राखेर ओली र दाहालले छलफल गर्ने भनिएको थियो। तर प्रचण्डले खुमलटारमा पहिले एक्लै शाही पक्षलाई मात्रै भेटेका हुन्।खुमलटार स्रोतका अनुसार दाहालले अविश्वास प्रस्तावको नेतृत्व लिएका नेता यामलाल कँडेल पक्षलाई अब केहीबेरमा भेट्ने तयारी गरेका छन्।
ओली र दाहालले पछिल्लो पटक जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न नीति, विधि र पद्धति स्थापित गर्न र नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागु गरिने निर्णय गर्दछ।’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…