पाल्पा । पाल्पा जिल्लाकाे रम्भा गाउँपालिका –५ ताहुँको सेर्काबासबाट अवैध रुपमा ल्याईँदै गरेको साल जातको काठ जिल्ला प्रहरी कार्यालयकाे टाेलीले नियन्त्रणमा लिएको छ ।
हेक्लाङबाट सेर्काबासतर्फ आउँदै गरेको लु ३ त ३२७० नम्बरको ट्याक्टरमा चेकजाँचको क्रममा अवैध काठ भेटिएपछि काठसहित चालक स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका –२ लसर्घाका २८ वर्षका टंक बहादुर दमाईलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।प्रहरी चौकी ताहुँबाट प्रहरी सहायक निरीक्षक शिव कुमार यादवको कमाण्डमा मंगलबार साँझ गएको गस्ती टोलिले अवैध साल जातको काठ थान २४ गुलिया (३९.४२ क्यूफिट) फेला पारेको हो ।ट्याक्टर चालक र वरामद काठ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, पाल्पामा बुझाईएको प्रहरीले जनाएको छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…