पाल्पाकाे रम्भा गाउँपालिका स्थित ताहुमा अवैध काठसहित ट्याक्टर चालक नियन्त्रणमा ।

पाल्पा । पाल्पा जिल्लाकाे रम्भा गाउँपालिका –५ ताहुँको सेर्काबासबाट अवैध रुपमा ल्याईँदै गरेको साल जातको काठ जिल्ला प्रहरी कार्यालयकाे टाेलीले नियन्त्रणमा लिएको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

हेक्लाङबाट सेर्काबासतर्फ आउँदै गरेको लु ३ त ३२७० नम्बरको ट्याक्टरमा चेकजाँचको क्रममा अवैध काठ भेटिएपछि काठसहित चालक स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका –२ लसर्घाका २८ वर्षका टंक बहादुर दमाईलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।प्रहरी चौकी ताहुँबाट प्रहरी सहायक निरीक्षक शिव कुमार यादवको कमाण्डमा मंगलबार साँझ गएको गस्ती टोलिले अवैध साल जातको काठ थान २४ गुलिया (३९.४२ क्यूफिट) फेला पारेको हो ।ट्याक्टर चालक र वरामद काठ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, पाल्पामा बुझाईएको प्रहरीले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago