भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल

देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमाशल्यक्रिया सेवा शुरु भएको वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिनप्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याकोचन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना भएको यसअस्पतालले पहिलोपटक दूरबिन प्रविधि भित्र्याएर शल्यक्रिया शुरु गरेको हो

डा गौतमले भन्नुभयो, “वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयको अस्पताल गुणस्तरसुधार कार्यक्रमअन्तर्गत रु एक करोड ३५ लाखको बजेट व्यवस्थापन गरिदिनुभयो, त्यसैले आवश्यक सामग्रीको व्यवस्थापन भएसँगैदूरबिन प्रविधिबाट शल्यक्रिया शुरु गरेका छौँ, अब सहज सुलभरूपमा शल्यक्रिया सेवा दिन सक्छौँ

कोभिड१९ को महामारीको बीचमा पनि नियमित सबै सेवा सञ्चालन गरिरहेको यस अस्पतालले आज सर्जन डा रञ्जिस पहाडीकोनेतृत्वमा डा मनिष मल्लिक, डा विनय चौधरी, एनेस्थेसियन डा निर्मल श्रेष्ठ, डा दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोलीले दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गर्नुभएको हो

निजी अस्पतालले रु ६० हजारदेखि एक लाखसम्म शुल्क लिदै आएको पित्तथैलीको शल्यक्रिया भक्तपुर अस्पतालले भने रु २० हजारमैगर्ने भएको पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आवद्ध बिरामीको भएकाले रु नौ हजार शुल्कमै शल्यक्रिया सम्पन्न भएको वीरअस्पताल शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा (क्यूमा) मा रहेका बिरामीलाई भक्तपुर अस्पतालमा पठाइदिए सहज सुलभरूपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पतालको भनाइ बिनाचिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालकोभरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने भएको

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामैबिरामी घर जान सक्ने काममा फर्किन मिल्ने, कम पीडा तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखिपत्थरीसम्मको शल्यक्रिया यही प्रबिधिबाट बढी हुने गरेको ग्यास, प्रकाश दूरबिन पठाउन पेटमा साना घाउ बनाई फाइबरअप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ ग्यास, प्रकाश दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ

नेपालमा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि चैत ११ गते भएको लकडाउनयता भक्तपुर अस्पतालले कुनै पनि बिरामी उपचार नपाईफर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको सर्जरी, बालरोग, दन्तरोग, छालारोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवासञ्चालन गरिरहेको अस्पतालले २४सैं घण्टा आफ्नो फार्मेसीमा औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्थासमेत गर्दै आएको

कोभिड१९ को महामारी फैलिएसँगै निजी अस्पतालले बिरामी भर्ना नलिने गरेपछि भक्तपुर अस्पतालमा बिरामीको चाप अत्यधिकरूपमाबढेको अस्पतालका मेसु डा गौतमले बताउनुभयो स्वाब सङ्कलनदेखि कोभिड१९ का बिरामीको समेत उपचार गर्दै आएको योअस्पतालमा यतिखेर भक्तपुदेखि पूर्वका विभिन्न जिल्लाका बिरामीको उपचारको आधार केन्द्र बन्दै आएको

बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शैय्या भने निकै अभाव हुँदै आएको शैय्या थप भएमा आएका बिरामीको अझै सहजउपचार गर्न सकिने उहाँको भनाइ सरकारले कोरोना हब अस्पतालको रुपमा यसलाई तोकेपछि पाँच भेन्टिलेटरसहित शैय्याकोआइसीयू कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयारगरी सेवा सञ्चालन भइरहेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago