ऐतिहासिक नुवाकोट गढिमा सास्कृतिक डबली ।

पाल्पा ।  तिनाउ गाउँपालिका वडा न २ स्थित पर्यटकिय र ऐतिहासिक नुवाकोट गढिमा डिभिजन वन कार्यालय,पाल्पाद्वारा निर्माण हुन लागेको Caltural open theater (खुला सास्कृतिक डबली) निर्माण स्थलको स्थलगत निरीक्षण गरिएको छ ।

प्रदेश शभा सदस्य मा. तुलाराम घर्ती (वसन्त), डिभिजनल वन अधिकृत डा.मोहन प्रसाद पौडेल, तिनाउ गाउँपालिका प्रबक्ता राजेश श्रेष्ठ , तिनाउ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्र रानाभाट, इन्जिनियर नर बहादुर थापा, नुवाकोट बिकास समितिका अध्यक्ष माधब नेपाल, निर्माण ब्यबसायिका प्रतिनिधि लगायतको उपस्थितिमा निर्माण कार्य अघि बढाउने प्रक्रियाको बारेमा छलफल गरिएको छ ।

प्रदेश सरकारको उच्च प्राथमिकता प्राप्त यो बहुबर्शिय आयोजनाको डिभिजन वन कार्यालय,पाल्पाले ठेक्का सम्झौता गरिसकेको छ । बर्षातको समय सकिन लागेको हुँदा यथासिघ्र निर्माण कार्य सुरु गर्न निर्माण ब्यबसायिलाइ सरोकार वालाहरुले सुझाब प्रदान गर्नु भएको छ भने द्रुत गतिमा निर्माण कार्य गरि समयमै कार्य सप्पन्न गर्ने निर्माण ब्यबसायिको तर्फबाट प्रतिबद्धता ब्यक्त भएको छ । डेकोर स्टुडियो काठमाडौंले यस डबलिको डिजाइन तथा बिस्तृत गुरुयोजना तयार गरेको हो । नुवाकोटमा निर्माण हुने यो सास्कृतिक डबली यश क्षेत्रको पर्यटन प्रबर्द्धनमा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago