सन्ताेष गहतराज , पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका वडा न २ दोभानमा रहेको दोभान स्वास्थ चौकीमा चौबिसै घण्टा प्रसुति सेवा उपलब्ध गराउने गरि बर्थिङ सेन्टर र ल्यावको सञ्चालनमा ल्याइएको छ ।
बर्थिङ सेन्टर र ल्यावको मंगलबार प्रदेश सांसद तुलाराम घर्तीले उद्घाटन गरे । प्रदेश सरकारको १० लाख बजेटमा बर्थिङ सेन्टर र ल्यावको सञ्चालनमा ल्याईएको हो । सो अवसरमा बोल्दै प्रदेश सासंद घर्तीले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न बर्थिङ सेन्टरको सञ्चालनमा ल्याएको बताए । उनले बर्थिङ सेन्टर र ल्याबप्रयोगशालाको स्थापनाले यस क्षेत्रका धेरै महिलाहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले गाउँपालिकाबासिको आधारभूत आवश्यकताहरु पुरा गर्दै ल्याब र बर्थिङ सेवा सञ्चालनमा ल्याएको दाबी गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा, स्वास्थ्य शाखाका नर्सिङ संयोजक रिता थापा, स्वास्थ्य स्वयंसेविका केशरी बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । तिनाउका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष एवम् स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठको अध्यक्षता, स्वास्थ्यकर्मी शारदा खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको दोभान स्वास्थ्य चौकीका ईन्चाज ठाकुर जिसीले सञ्चालन गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…