गर्मीमा धुलाम्मे बर्खामा हिलाम्मे त्यसै माथि पहिराे ग्रस्त सिद्वबाबाकाे बाटाे यात्रुलाई सास्ती ।

सन्ताेष गहतराज , पाल्पा । सिद्वार्थ राजमार्ग अन्तर्गत पर्ने निकै जाेखिम र पहिरा ग्रस्त सडक खण्ड भन्ने बित्तिकै जाे काेहिलाई पनि थाहा नभएकाे नहुन सक्ने सडक खण्ड हाे  पाल्पा बुटवल सडक खण्ड अन्तर्गत पर्ने सिद्वबाबा पहिराे ग्रस्त सडक खण्ड ।

जहाँ दैनिक रूपमा सयाै सवारीका साधनहरू अाेहाेर दाेहर गर्ने गर्दछन । याे सडक खण्ड अन्तर्गत पाल्पा झुम्सा देखि सिद्वबाबाकाे मन्दिर सम्म नकाटदा सम्म मानिसहरू युद्व लडे झै गरि यात्रा गर्दछन । कति खेर पहिराे झर्छ कि मरिन्छ कि भनेर मानिसहरू यात्रा गर्दछन बिशेष गरि बर्षाकाे याममा यहाकाे सडकमा निकै पहिराे जाने गर्दछ जस्ले गर्दा अहिलेसम्म धेरै मानिसहरूले ज्यान समेत गुमाइ सकेका छन । भने गर्मीकाे बेला धुलाेकाे कारणले निकै सताउने गरेकाे छ साथ गर्मी याममा समेत धुले पहिराेले मानिसहरूलाई ज्यान समेत लिने गरेकाे छ । केही बर्ष अगाडि सिद्वबाबाकाे पहिराे राेक्न ३ किलाे मिटर सडक चट्टानले पहिराेका कारण जाेखिम बन्दै गए पछि खसेका चट्टान पहिराे सुरक्षित तरिकाले राेक्न रक नेट (जाली) प्रविधिकाे जडान गरिएको थियाे । उक्त रक नेट प्रविधि माथिल्लो सिद्वबाबा चरचरे नजिकै नमुना परियाेजनाका रूपमा जियाेटेक साेलुसन्स इन्टरनेशनल प्रा लिले राेक थामकाे प्रविधि शुरू गरेकाे थियाे । उक्त परियाेजनाकाे लागि करिब ७२ लाख खर्च गरिएको थियाे तर याे प्रविधिले पनि सडककाे पहिराे राेक्न सकेन । अहिले बर्खाकाे समयमा मानिसहरू निकै सास्तीका साथ यात्रा गर्ने गरेका साथ सडक जताततै भत्किएको छ । सडकमा जताततै खाडलहरू छन । त्यसै माथि सयाै गाडीहरूकाे भिडभाड हुने,सडक भत्किएर साघुराे भएको ठाउमा सवारीसाधनहरू क्रस हुन नसक्दा लामाे समय सम्म जाममा फस्नु पर्ने बाध्यता रहेकाे यात्रुहरूकाे गुनासाे छ । त्यसै माथि अहिले सडक दैनिक सयाै सख्यामा यमराजकाे उपनामले चिनिने टिप्परले पनि निकै समस्या पारेकाे पाइन्छ । नेताहरूले धेरै पटकपटक याे सडक खण्ड निर्माण गर्छु भनी चुनावमा मुख्य प्राथमिकताकाे साथ पुर्वाधार विकासकाे मुख्य एजेन्डा बनाएर चुनाव जिते पनि अहिलेसम्म पनि याे  सडक न त स्तर उन्नति नै भाकाे छ न त पुन निर्माण,सायाै यात्रुहरूले दैनिक रूपमा जाेखिम बहन गरि यात्रा गर्न बाध्य छन । अहिले पछिल्लो समयमा याे सडक खण्डलाई सुरूङ्ग मार्गकाे रूपमा विकास गर्ने याेजनाका साथ अगाडि बढे पनि याे सडक खण्डमा कामकाे शुरूवात भएको छैन । सडकमा दैनिक यात्रूहरू ज्यान जाेखिममा राखेर यात्रा गर्न बाध्य छन । पाल्पाकाे तानसेन देखि बुटवल जाँदै गरेका यात्रुहरूसँग प्रतिकृया लिदा यात्रुहरू भन्दछन सिद्वार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्वबाबा सडकमा यात्रा गर्नु भनेकाे गाेली बन्दक बिनाकाे युद्व लडेर जिति अाउन जस्तै रहेको बताउदछन । उनिहरू भन्दछन याे सडकमा यात्रा गर्दा दाेभान देखि सिद्वबाबाकाे मन्दिर नकटदा सम्म निकै जाेखिमका साथ यात्रा गर्नु पर्ने बाध्यता रहेकाे बताउछन । त्यसै माथि साघुराे सडक  सवारीसाधनहरू अाहाेरदाेहाेर गर्न नमिल्नेदा त झन यात्रुहरूले पहिराे अथवा ढुङ्गा खसेर लाग्ने हाे कि भन्ने पिरलाेले सताउने गरेको बताउदछन । याे बर्षबाट सुरूङ्ग मार्गकाे रूपमा निर्माण गर्ने याेजना साथ काम शुरू भने पनि निर्माण कार्य अझै अगाडि बढेको छैन । दैनिक सयांै यात्रुहरू जाेखिम पुर्ण तरिकाले यात्रा गर्न बाध्य छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago