काठमाडौँ । सरकारले असोज १ गते देखि नै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्ले बुधबारदेखि लामो दूरीका सवारी साधन खोल्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। लामो तथा सार्वजनिक यातायातले कोरोना महामारीबाट बच्न आवश्यक सजगता अनिवार्य रुपमा अपनाउनुपर्नेछ। ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउनेछन्।
उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनुपर्ने छ। सरकारले तोकिएको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाग लिन पाउनेछन्।
सरकारले सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो।
सरकारले नेपाल भारतबाट नेपाल प्रवेश गर्ने थप दुईवटा नाका खुला गर्ने निर्णय पनि गरेको छ। इलामाको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ। त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…