काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन्।
तत्कालका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो। अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्तामा आफूलाई तोकिएको ज्ञवालीले जानकारी दिए।’तत्कालका लागि मैले सररकाका काम कारवाही सार्वजनिक गर्ने जिम्मेवारी पाएको छु,’ उनले भने।
सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी भने अहिले प्रधानमन्त्री मातहत नै रहेको छ। विभागीय मन्त्री आउन केही समय लाग्ने भएकाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीको दिइएको हो। यसअघि प्रवक्ताको भूमिकामा रहेका डा युवाराज खतिवाडाले राजीनामा दिएपछि प्रवक्ताको ठाउँ खाली रहेको छ। अर्थसँगै खतिवाडाले सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मिलाउन मन्त्रिपरिषद पुनर्गठन गर्ने ओलीले बताउँदै आएका छन्। पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाका लागि मन्त्रिपरिषदले सिफारिस गरिसकिएको छ। प्रवक्ता चयन भएका ज्ञवाली मिडिया फ्रेन्डली मन्त्री मानिन्छन्। सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ज्ञवालीले।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…