नेपालमा प्याजको अभाव हुने ।

काठमाडौँ ।  भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको अभाव हुने भएको छ। नेपाल राष्ट्रिय तरकारी तथा फलफूल व्यवसायी महासंघका प्रमुख खोमप्रसाद घिमिरेले नेपालमा ठूलो मात्रामा भारतबाट प्याज आउने भएकाले भारतले नै प्रतिबन्ध लगाएमा नेपालमा स्वतः रुपमा प्याजको अभाव हुने बताए।

नेपालमा भारत तथा चीनबाट प्याज आयात गरिन्छ। भारतले प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर कोरोना भाइरसका कारणले चीनबाट प्याज आयात गर्न सहज नभएको उनले बताए।

उनले भने, ‘नेपालमा ठूलो परिणाममा भारतबाट प्याज आउँछ। भारतले कहिलेसम्म प्रतिबन्ध लगाएको थाहा छैन। अर्को हाम्रो आयात गर्ने मुलुक चीन हो। तर कोरोना महामारीका कारणले त्यति सहज छैन।’

उनका अनुसार प्याजको अभाव मात्र नहुने भएर यसको मूल्य पनि बढ्छ। कठमाडौँ उपत्यकामा मात्र दैनिक करिब ५० टन प्याज खपत हुने उनले जानकारी दिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago