करिब १५ करोडमा सबस्टेशन निर्माण शुरु

जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण शुरु भएको जिल्लाको लालबन्दी नगरपालिका कोनवलपुरमा १३२÷३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो गुणस्तरीय बनाउने उद्देश्यले सबस्टेशन निर्माणलाई तीव्रता दिइएको हो

नेपाल विद्युत् प्राधिकरणको करिब रु १५ करोड लागतमा विद्युत् सबस्टेशन निर्माण शुरु भएको हो अठार महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७६ भदौबाट सबस्टेशन निर्माण शुरु गरेको सबस्टेशनका प्रमुख निरञ्जन साहले जानकारी दिनुभयो सबस्टेशन निर्माण सम्पन्नभएपछि हरिपुर, मलङ्गवाका सबस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहलेबताउनुभयो अहिले जिल्लामा आफ्नो व्यवस्थित सबस्टेशन नहुँदा धनुषाको ढल्केवर रौतहटको चन्द्रनिगाहपुरको सबस्टेशनबाटविद्युत् ल्याउनु परिरहेको

यसरी बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताउनुभयो सो क्षेत्रबाट विद्युत् ल्याउँदाजङगल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई मध्यनजर गर्दै जिल्लामै सबस्टेशननिर्माण शुरु गरिएको उहाँले बताउनुभयो

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी पावाटेक वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएका छन् जिल्लामा केन्द्रीय प्रसारणलाइनको पहुँच पुर्याउन सबस्टेशन निर्माण शुरु भएको हो जिल्लामा अरु पनि सबस्टेशन रहेका भए पनि सबस्टेशनको क्षमताले अपुगभएपछि छुट्टै यो सबस्टेशन निर्माण थालिएको सबस्टेशनका प्रमुख साहले बताउनुभयो जिल्लामा उद्योगधन्दा तथा कलकारखाना दिनप्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेशन निर्माण शुरुगरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताउनुभयो

अनियमित विद्युत् कटौतीको मारमा जिल्लावासी

केही दिनयता छिनछिनमा विद्युत् कटौती हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन् दशदश मिनेटमा विद्युत् झ्यापझ्याप जाने लाइन आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज आउँदा जिल्लावासी आजित बनेका छन् अत्यन्त चर्को गर्मी मौसममा अनियमितविद्युत् कटौती हुनु आउँदा पनि अत्यन्त न्यून भोल्टेज आउँदा पङ्खासमेत नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आएकोजिल्लाका उपभोक्ताहरुको गुनासो

अनियमित विद्युत् कटौती न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्थामा पुगेका एक व्यवसायीले गुनासोगरेका छन् अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्ने अवस्था रहेको व्यवसायीको गुनासो त्यस्तै अनियमित विद्युत् कटौतीले अनलाइन कक्षा पढ्ने विद्यार्थीसमेत मारमा परेका छन्

क्षमताभन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत् प्रवाहमा बारम्बार समस्या आइरहेको विद्युत् प्राधिकरणले जनाएको रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रसारण लाइन हरिपुर, बरहथवा मलङ्गवा सबस्टेशन हुँदै जिल्लाभर वितरणभइरहेको जिल्लाका तीन सबस्टेशनले ३३ केभीबाट लिएको करेन्ट ५०० एम्पियरसम्म पुग्ने गरेको तर जिल्लामा विस्तार भएकोतारको क्षमता ४३० एम्पियर मात्रै यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा जम्पर खाने अर्थात् तारको कनेक्सन छुट्नेसमस्या बारम्बार दोहोरिने गरेको ”, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख रायले भन्नुभयो

उहाँका अनुसार वाग्मती चन्द्रनिगाहपुरबीचको जङ्गलमा कुनै एक ठाउँमा रुखका हाँगा भाँचिएर तारमा खस्दा पनि लालबन्दीबाटप्राविधिक गएर ठाउँ पहिचान गरी मर्मतको काम गर्दा घण्टौँसम्म विद्युत् ठप्प हुने गरेको हरेक दिन भोल्टेज अनियमित भई विभिन्नसबस्टेशनमा जम्परिङ हुँदा पटकपटक विद्युत् अनियमित भइरहेको वर्षा धेरै हुँदा पोल ढल्ने चर्को घाम लागेको समयमा ओभरहिटभएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन् जिल्लाको नवलपुरमा बनिरहेको सबस्टेशन सञ्चालनमानआउँदासम्म जिल्लामा विद्युत्को समस्या रहिरहने नेपाल विद्युत् प्राधिकरणले जनाएको

–––

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago