भन्सार विभागको काम अब अनलाइनबाट मात्र गर्न मिल्ने ।

काठमाडौं ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भन्सार विभागले आफ्ना सेवाहरु अनलाइनमार्फत् मात्र दिने भएको छ। अनलाइन अर्थात विद्युतीय माध्यमबाट दिन नसकिने सेवा भने हाललाई बन्द गरिएको विभागले जनाएको छ।

अनलाईनमार्फत् कूटनीति तथा महसुल छुटसम्बन्धी सेवा, मूल्यांकन, पुनरावलोकन र नयाँ जारी गरिने निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) सम्बन्धी काम गर्न सकिने विभागले जनाएको छ। त्यस्तै विद्युतीय प्रणालीमार्फत् प्राप्त भएका निवेदनको जाँचबुझ गरी नवीकरण गर्ने, स्थगन वा खारेज भएका एक्जिम कोडसम्बन्धी काम पनि गरिनेछ। विशेष संकेत नम्बरको हकमा भने सम्बन्धित भन्सार कार्यालयबाट जारी गरिने विभागले जनाएको छ।

विभागले एक्जिम कोड खारेजीसम्बन्धी कार्य, एक्जिम कोड प्रयोजनका लागि राखिएका बैंक ग्यारेन्टी परिवर्तन र फुकुवासम्बन्धी कार्य पूर्ण रुपमा बन्द गरेको छ। त्यस्तै चालु आर्थिक वर्षका लागि खरिद, निर्माण, तथा सेवा परामर्शका लागि मौजुदा सूची दर्तासम्बन्धी कार्य पनि स्थगन गरिएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago