भन्सार विभागको काम अब अनलाइनबाट मात्र गर्न मिल्ने ।

काठमाडौं ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भन्सार विभागले आफ्ना सेवाहरु अनलाइनमार्फत् मात्र दिने भएको छ। अनलाइन अर्थात विद्युतीय माध्यमबाट दिन नसकिने सेवा भने हाललाई बन्द गरिएको विभागले जनाएको छ।

अनलाईनमार्फत् कूटनीति तथा महसुल छुटसम्बन्धी सेवा, मूल्यांकन, पुनरावलोकन र नयाँ जारी गरिने निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) सम्बन्धी काम गर्न सकिने विभागले जनाएको छ। त्यस्तै विद्युतीय प्रणालीमार्फत् प्राप्त भएका निवेदनको जाँचबुझ गरी नवीकरण गर्ने, स्थगन वा खारेज भएका एक्जिम कोडसम्बन्धी काम पनि गरिनेछ। विशेष संकेत नम्बरको हकमा भने सम्बन्धित भन्सार कार्यालयबाट जारी गरिने विभागले जनाएको छ।

विभागले एक्जिम कोड खारेजीसम्बन्धी कार्य, एक्जिम कोड प्रयोजनका लागि राखिएका बैंक ग्यारेन्टी परिवर्तन र फुकुवासम्बन्धी कार्य पूर्ण रुपमा बन्द गरेको छ। त्यस्तै चालु आर्थिक वर्षका लागि खरिद, निर्माण, तथा सेवा परामर्शका लागि मौजुदा सूची दर्तासम्बन्धी कार्य पनि स्थगन गरिएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago