राजेश हमालको दर्शकहरुलाई भिडियो मार्फत आग्रह–’सम्बन्धित व्यतिलाई माफि गर्दिनु हाेला’

बादविवाद र समस्या साम्य पार्नका लागि महानायक राजेश हमालले मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैमा अनुरोध गरेका छन् ।

अहिले विभिन्न अवस्थाले देश गुग्रिरहेको अवस्थामा आरोप पत्यारोपमा लाग्नु भन्दा पनि सकारात्मक हिसावले अगाडी बढ्नुपर्ने बताएका छन् । हमालले सबैलाई आग्रह गर्दै भने, ‘यो राष्ट्रको कला क्षेत्रकाे लागि, भएपनि मानवताका हिसाबले सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला’ ।

हालै म जस्तै कलाकारले मलाई लक्षित गरेर केहि भनाइहरु र केहि कुराहरु राख्नुभयो । त्यो भनाई र कुराहरु सुनिसकेपछि दर्शकहरुले तथा जनसमुदायहरुले असन्तुष्टि मात्र नभएर आक्रोश पनि पोख्नुभयो र पोखिरहनुभएको छ । यो २,३ हप्ता अगाडिबाट भइरहेकाे छ ।

आफु फिल्मक्षेत्रमै रहदै आएकाे र आफुमाथि सहकर्मीले राखेकाे धारणााप्रति दर्शकहरुले सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आइरहेका छन । एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि नहुने तर्क राखेका छन ।

उनले दर्शक र कलाकार नङ र मासुको सम्बन्ध रहेको बताए । दर्शकहरुलाई अनुराेध गर्दै अली फराकिलो सकारात्मक हिसाबबाट मानवताको लागि कसैको आँच नपुग्ने गरि अभिव्यक्ति नदिन अनुराेधसमेत गरेका छन ।

यसक्षेत्र हाम्राे मात्र नभइ दर्शकको पनि हो । कलाकार मैदानमा उत्रन्छाै र मिहिनेत गर्छौ । तर, यसको पछाडि उर्जा दर्शकबाटै प्राप्त हुने भएकाले कलाको लागि सकारात्मक भएर सम्बन्धित व्यतिलाई क्षमा दिन आग्रह गरेका छन् ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago