नेपाली बिद्यार्थी समाज जापान र कुमामोतो नेपाली समाज जापानले सहयोग रकम हस्तान्त्रण गरेकोछ ।

जापान । स्याङ्जा घर भई हाल जापानको कुमामोतो स्थित कोतो कलेज मा अध्ययनरत टुमर को समस्यामा परेकी रुपा नेपाली लाई २१६६०० येन नेपाली बिद्यार्थी समाज जापान र कुमामोतो नेपाली समाज जापानले सहयोग रकम हस्तान्त्रण गरेकोछ ।

टुमर को समस्यामा परेकी नेपाली आफु अध्ययन गर्ने सम्बन्धित बिधालयमा कार्यरत नेपाली शिक्षक राजु गैरेको पहलमा जापान सरकार को निशुल्क सहयोग बाट सफलता पुर्वक उपचार सम्पन्न भई अहिले डिस्चार्ज भएता पनि पूर्ण रुपमा ठीक नभएकोले गर्दा केही समय आराम गर्नु पर्ने र तत्काल काम गर्न नसक्ने अवस्था भएकोले दैनिक जीवन यापनमा समेत आर्थिक अभावका कारणले समस्या उत्पन्न भएकाले तत्कालका लागि कुमामोतो नेपाली समाज जापानका अध्यक्ष लाक्पा दोङ्ग र नेपाली विद्यार्थी समाज जापान क्युसु क्षेत्रिय कमिटि का महासचिव पवन अधिकारिज्युको सम्योज्वकत्तोमा संकलित रकम जापानी यन २१६६००( अक्षरुपी २ लाख १६ हजार ६०० सय येन ) सहयोग रकम हस्तान्त्रण गरिएको नेपाली बिद्यार्थी समाज जापानका केन्द्रिय महासचिव अजय रानाले जानकारी गराउनु भएको छ।

नेपाली बिद्यार्थी समाज जापान केन्द्रिय समितिले जापानमा रहनु भएका नेपाली बिद्यार्थीहरु लाई सहयोग गर्दै आई रहेहेको बताउदै यस सहयोग र सहकार्य गर्नुहुने सम्पूर्णमा सहयोगी मनहरु प्रती हार्दिक नमन तथा धन्यवाद ब्यक्त गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फेरी पनि आगामी दिनमा समस्या परेमा आवश्यक सहयोग गरिने प्रतिबद्द्ता बेक्त केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद भुसालले गर्नुभयो । 

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago