पाल्पा । सोमवार पाल्पाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो सँगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या ५० पुगेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएकाे परिक्षण वाट थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थपिएका सक्रमित पूर्वखोला गाउँपालिकाका रहेका छन् । जसमध्ये वडा नंं १ का ६ जना, वडा नंं २ का १ जना र वडा नंं ४ का ३ जना रहेका छन् । उनिहरु गाउँपालिकाले वनाएकाे क्वारेन्टाइनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारि दिए । याे सगै पूर्वखोला गाउँपालिकामा मात्र १२ जना कोरोना पोजेटिभ देखिएका छन् । ५० जनाको स्वाव परीक्षणको लागि पठाएका मध्ये १० जना पोजेटिभ तथा २५ जनाको नेगेटिभ रिपाेट आएको र बाकी १५ जनाकाे नतिजा बाकी रहेकाे पालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिए । ढकालका अनुसार सक्रमितहरुलाई रम्भा गाउँपालिकाको ताँहुमा निर्माण गरिएको संयुक्त आइसोलेसनमा राख्ने तयारी भईरहेको छ ।
यस सगै पुर्वखोलामा १२ रम्भामा १६, बगनासकालीमा १, माथागढीमा १४, रैनादेवीछहरामा २, निस्दीगाउँपालिकामा ३ र रामपुर नगरपालिकामा २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । जस मध्ये एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । आईसोलेसनमा बसेका सक्रमितहरुको सबै स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…