गाउँपालिकामा एक दिने माटाे परिक्षण शिविर सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न एक दिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ५२ जना कृषकको माटो परीक्षण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

माटो परीक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन वृद्धि गर्न राहत पुग्ने गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताइन् । आफ्नो खेतको माटो परीक्षणपछि कुन ठाउँमा कुन बालीको खेती गर्ने भन्ने विषयमा निश्चित हुने र विभिन्न जातको अन्नबाली, फलफूलका बिरुवा रोप्ने र तरकारी खेती गर्नका लागि कृषकलाई सहज हुने उनको भनाइ छ । उपाध्यक्ष चिदीले भनिन् ‘कोभिड १९ कोरोना भाईरसका कारण बढ्दै गएको विषम परिस्थितिका कारण भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको हो ।’ मानविय जीवनको महत्वपूर्ण पाटो कृषि भएकाले कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।

वडा अध्यक्ष सोमबहादुर झेडीले कृषकहरुले प्रत्येक टोल–टोलबाट संकलन गरी ल्याएका माटो परीक्षण गरी पिएच थाहा पाईने र कुन बालीको लागि कस्तो माटो उपयुक्त हुन्छ वा मेरो बारीको माटोमा कुन खाद्य तत्वको कमी छ भन्ने कुरा जानकारी हुने र माटो परीक्षण पछि के कस्तो उपचार गर्ने भन्ने जानकारी थाहा हुने भएकाले कृषकलाई व्यवसायिक कृषी गर्न सहज हुने बताए । प्राविधिक सुनिल घिमिरेले माटो परीक्षणका लागि संकलन गर्दा विभिन्न विधीहरु प्रयोग गरिने गरेको बताए । उनले माटोमा पिएच थाहा पाउनका लागि माटो परीक्षण गर्नुपर्नेमा जोड दिए । गाउँपालिकालाई कृषि र पशुपालनको माध्यमबाट समृद्धि हासिल गर्नका लागि कृषकमैत्री कार्यक्रहरु सञ्चालन गरिदै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहोराले बताए । उनले माटोको नमूना परीक्षण क्रमश सबै कृषकहरुको खेतवारीको गरिने जानकारी दिए । शिविरमै २३ जना कृषकहरुलाई नयाँ प्रविधिको प्रयोग गरी तरकारी खेती गर्न गाउँपालिकाले ४ सय मिटर लम्वाई भएको प्लास्टिक मल्चिङ समेत निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago