गाउँपालिकामा एक दिने माटाे परिक्षण शिविर सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न एक दिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ५२ जना कृषकको माटो परीक्षण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

माटो परीक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन वृद्धि गर्न राहत पुग्ने गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताइन् । आफ्नो खेतको माटो परीक्षणपछि कुन ठाउँमा कुन बालीको खेती गर्ने भन्ने विषयमा निश्चित हुने र विभिन्न जातको अन्नबाली, फलफूलका बिरुवा रोप्ने र तरकारी खेती गर्नका लागि कृषकलाई सहज हुने उनको भनाइ छ । उपाध्यक्ष चिदीले भनिन् ‘कोभिड १९ कोरोना भाईरसका कारण बढ्दै गएको विषम परिस्थितिका कारण भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको हो ।’ मानविय जीवनको महत्वपूर्ण पाटो कृषि भएकाले कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।

वडा अध्यक्ष सोमबहादुर झेडीले कृषकहरुले प्रत्येक टोल–टोलबाट संकलन गरी ल्याएका माटो परीक्षण गरी पिएच थाहा पाईने र कुन बालीको लागि कस्तो माटो उपयुक्त हुन्छ वा मेरो बारीको माटोमा कुन खाद्य तत्वको कमी छ भन्ने कुरा जानकारी हुने र माटो परीक्षण पछि के कस्तो उपचार गर्ने भन्ने जानकारी थाहा हुने भएकाले कृषकलाई व्यवसायिक कृषी गर्न सहज हुने बताए । प्राविधिक सुनिल घिमिरेले माटो परीक्षणका लागि संकलन गर्दा विभिन्न विधीहरु प्रयोग गरिने गरेको बताए । उनले माटोमा पिएच थाहा पाउनका लागि माटो परीक्षण गर्नुपर्नेमा जोड दिए । गाउँपालिकालाई कृषि र पशुपालनको माध्यमबाट समृद्धि हासिल गर्नका लागि कृषकमैत्री कार्यक्रहरु सञ्चालन गरिदै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहोराले बताए । उनले माटोको नमूना परीक्षण क्रमश सबै कृषकहरुको खेतवारीको गरिने जानकारी दिए । शिविरमै २३ जना कृषकहरुलाई नयाँ प्रविधिको प्रयोग गरी तरकारी खेती गर्न गाउँपालिकाले ४ सय मिटर लम्वाई भएको प्लास्टिक मल्चिङ समेत निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago