पाल्पा । ५ नम्वर प्रदेशको तराईका जिल्लामा कोरोना सङक्रमण भएका व्यक्ति वढेसंगै यस क्षेत्रमा त्रास फैलिएको छ । कपिलवस्तुमा ६ वर्षीया बालिका सहित ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भए संगै यस जिल्ला वासी त्रसित वनेका छन् । जिल्लाका ३९ संक्रमित मध्ये ३२ जना रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । ६ जना दैनिक काममा धेरैसँग सम्पर्क रहेका व्यक्ति हुन् भने ६ वर्षकी बालिकामा समेत संक्रमण पुष्टि भएको छ । बाणगङ्गा नगरपालिका ४ की ६ वर्षीय बालिकामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ। बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार भईरहेको छ ।
कपिलवस्तुमा चार जना सुरक्षाकर्मी संक्रमित भएका छन्। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो।
दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाकाले जानाएको छ । जसमध्ये एक जना पालिकाकै एउटा शाखाका प्रमुख रहेको र अर्का एक जना नगरपालिकाका सरसफाइकर्मी रहेको नगरपालिका स्रोतले जनाएको छ ।
तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण भएपछि जिल्लावासी त्रसित छन् । सर्वसाधारणको प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मि, र स्थानिय तहका कर्मचारीमा समेत कोरोना सङक्रमणको पुष्टि हुनुले कपिलवस्तुमा धेरैजनामा कोरोना संक्रमण भएको हुन सक्ने आशङ्का गरिएको छ । सङ्क्रमित सवैको उपचारका लागि आइसोलेशनमा राखिएको छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…