पहिलाेपाइला नेपालद्वारा प्रकाेप व्यवस्थापन काेषमा सहयाेग

सन्ताेष गहतराज
बैशाख २, पाल्पा, पछिल्लाे समयमा सामाजिक कर्यमा सक्रिय रहेकाे सस्था पहिलो पाईला नेपाल पाल्पाले रैनादेवी छहरा गाउँपालिकाको प्रकाेप व्यवस्थापन काेषमा सहयोग गरेको छ । काेराेना भाइरसकाे राेकथाम गर्नका लागि खण्डा गरेकाे प्रकाेप व्यवस्थापन काेषमा पहिलो पाईला नेपालले १० हजार सहयाेग गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै पहिलाे पाईला नेपाल पाल्पा शाखाका अध्यक्ष ईश्वर ज्ञवालीले काेराेना भाइरस प्रकाेपकाे विशम परिस्थितिमा गाउँपालिका मार्फत प्रकाेप व्यवस्थापन गर्नकाे लागि उक्त रकम हस्तान्तरण गरेको जानकारी दिए । गाउँपालिका का अध्यक्ष राम बहादुर कार्कीले पहिलो पाइला नेपाल पाल्पालाई धन्यवाद दिदै यस्तो काेराेना भाईरसकाे प्रकाेप व्यवस्थापन गर्नकाे लागि खण्डा गरेकाे काेषमा अरूलाई संघ सस्थाहरूलाई सहयाेग गर्न अाग्रह गर्नु भयाे । कार्यक्रममा केन्द्रीय सदस्य सुरेश रायमाझी, सदस्य माधव भण्डारी, सुवास पाेखरेल, अन्नत पन्थी, अस्मिता जिसी, मिडियामा संयाेजक सन्तोष गहतराज लगाएतकाे उपस्थिति रहेकाे थियो । पछिल्लो समयमा पहिलो पाईला नेपाल पाल्पा शाखाले विधालयहरूमा भाग्य बाेकि झाेला वितरण, ट्रयाक सुट वितरण विभिन्न जाेखिमकाे समयमा सहयाेग गर्दै अाएकाे पाल्पा शाखाका सचिव दिपक पाण्डेले जानकारी दिए ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago