नेपालको मानव विकास सूचकाङ्कमा केही सुधार देखिएको छ ।
राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकासप्रतिवेदन, २०२० मा नेपालको अवस्था केही मात्रामा सुधार आएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आइतबार संयुक्तरुपमा सार्वजनिक गरेकोप्रतिवेदनमा नेपाल अब मध्यम मानव विकासको सूचकाङ्कको स्तरमा पुगेको उल्लेख गरिएको छ ।
नेपालले २०१८ मै मानव विकास सूचकांकतर्फ अन्य दुई लक्ष्य पूरा गरे पनि प्रतिव्यक्ति आय पूरा गर्न सकेको थिएन। यस्तै, सन् २०२१भित्र मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचक पूरा हुने देखिएको छ।
तर प्रतिव्यक्ति आयमा भने नेपालले प्रगति गर्न सकेको छैन। प्रतिव्यक्ति आय १ हजार २ सय ३० अमेरिकी डलरभन्दा माथि हुनुपर्ने भएपनि नेपालको प्रतिव्यक्ति आय १ हजार १ सय ६३ मात्र पुगेको छ। प्रतिव्यक्ति आयमा बागमती प्रदेशबाहेक अन्य सबै प्रदेश कमजोरदेखिएका छन्।
अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन मानव सम्पत्ति सूचकांक ६६ अंकभन्दा माथि र आर्थिक जोखिमसूचकांकमा ३२ अंकभन्दा कम हुनुपर्ने प्रावधान छ। तर मानव सम्पत्तिमा नेपालको अंक ७२.१ र आर्थिक जोखिममा २५.४ अंक छ।